2026-09-19 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धुलिखेलको बजेट रु ७८ करोड ४८ लाख, महाभारतको बजेट रु ३० करोड ३२ लाख

असार १०, बनेपा (रासस) | धुलिखेल नगरपालिकाको आज भएको नगरसभाको पाँचौँ अधिवेशमा नगरको आगामी आर्थिक वर्षको बजेट रु ७८ करोड ४८ लाख १८ हजार बजेट विनियोजन छ ।

नगरपालिकाका प्रमुख अशोक ब्याजुले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै सङ्घीय संरचनाअन्तर्गत जनतासँग प्रत्यक्ष र नजिकबाट सरोकार राख्ने स्थानीय तहको महत्व, भावना र सार्थकता सम्पूर्ण सर्वसाधारणसम्म पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उप–प्रमुख विमला शर्माले चालू आर्थिक वर्ष २०७५/०७६ को प्रगति प्रतिवेदन पेश गर्नुभएको हो । यसैबीच काभ्रे जिल्लाको अधिकांश पालिकाले आर्थिक वर्ष २०७६/७७ को अधिवेशन सम्पन्न गरेका छन् ।

महाभारतको बजेट रु ३० करोड ३२ लाख

विकट महाभारत गाउँपालिकाको पाँचौँ गाउँसभाले आर्थिक वर्ष २०७६/७७ का लागि कूल रु ३० करोड ३२ लाख ४१ हजारको बजेट प्रस्तुत गरेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।

सो क्रममा नीति, योजना तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष जिम्बाले कृषिमा प्रत्येक वडामा रहेको ४० वटा कृषक समूहलाई कृषि सूचना केन्द्रको रुपमा विकास गरी कृषिसम्बन्धी विविध विषयमा सूचना प्रबाह गर्ने जानकारी दिनुभयो । 

शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिका भित्रका सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा प्राप्त गर्ने चार जनालाई प्राविधिक शिक्षा डिप्लोमा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिने, स्वास्थ्य क्षेत्रमा ‘जनता अध्यक्ष स्वास्थ्य कार्यक्रम’ अन्तर्गत प्रत्येक महिनामा एक पटक टोल÷टोलमा पुगेर ६८ प्रकारका निःशुल्क औषधिसहितको स्वास्थ्य उपचारको व्यवस्था गरिने लगायका नीति, योजना तथा कार्यक्रम अगाडि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई