Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पाटन नगरपालिकाको बजेट ५४ करोड ६ लाख १८ हजार, के-के छन् ६५ कार्यक्रममा ?

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

कृष्ण बिष्ट | साउन १६, बैतडी | बैतडीको पाटन नगरपालिकाले सर्बसम्मतले आर्थीक वर्ष २०७६ ०७७ को बजेट पारित गरेको छ । हिजो बसेको ८औ नगरसभाले ५४ करोड ६ लाख १८ हजारको बजेट पारित गरेको हो ।

वित्तिय समानीकरण अन्तरगत संघिय सरकारको ११ हरोड ३ लाख र प्रदेस सरकारको ७० लाख १९ हजार, सर्सत अनुदान अन्तरगत केन्द्रीय सरकारको २४ करोड ४७ लाख र समाजिक सुरक्षा अन्तरगत ६० लाख बजेट तथा  राजश्व बाडफाटतर्फ संघिय सरकारको ९ कारोड ४४ लाख र प्रदेस सरकारको ३१ लाख ९९ हजार, त्यसैगरी आन्तरीक राजस्व १ करोड १० लाख र नगरपालिकाको संचित कोष खातामा मौज्जाद रहेको १ करोड गरी कुल ५४ करोड ६ लाख १८ हजारको बजेट नगरसभाबाट अनुमोदन सहित पारित भएको नगरपालिकाले जनाएको छ ।

असार २९ गतेको नगर सभामा नगर प्रमुख केसव बहादुर चन्दले प्रस्तुत गर्नुभएको बजेट माथी २ पटकको छलफल पश्चात बजेट बुधबार पारित गरिएको छ । नगरपालिकाले चालु आर्थीक वर्षको बजेटमा सडक सञ्जाल मर्मतमा २ करोड ६३ लाख बिनियोजन गरेको छ भने नगर शिक्षक स्वयम सेवकको लागि १ करोड ४५ लाख बजेट बिनियोजन गरेको छ भने कार्यालय प्रयोजनको लागि गाडी खरिद गर्न भन्दै ३१ लाख बजेट बिनियोज गरिएको छ ।

नगर तथा वडा स्तरिय खेलकुद प्रतियोगिता गर्नको लागि पनि १० लाख  बजेट बिनियोजन गरेको छ भने बिपद राहातको लागि १५ लाख ४७ हजार बजेट बिनियोजन गरेको छ । महत्वपुर्ण योजनाको लागि डिपिआर निर्माण गर्नको लानि ७ लाख ३० हजार बजेट बिनियोजन गरेको छ ।

वडा पालिका बाट छनोट भइ नगरपालिकामा आएका योजनाहरुलाई नागरीकहरुको माग र आवस्यकताका आधारमा  चालु आर्थीक वर्षको बजेट मार्फत कार्यक्रम ल्याइएको नगर प्रमुख केसव बहादुर चन्दले जानकारी दिनुभयो ।

नगरपालिकाका ६५ कार्यक्रमहरु

नगरपालिकाले आर्थीक वर्ष ०७६ ०७७ को लागि ६५ वटा वडा स्तरिय कार्यक्रमहरु अगाडी सारेको छ । नगरपालिकाले सडक मर्मतलाई प्राथमिकतामा राखेको छ भने  अन्य नौला कार्यक्रमहरु पनि अगाडी सारेको छ । खेलकुदको लागि १० लाख बजेट बिनियोजन गरेको छ ।  नगर स्तरिय सरसफाई कार्यक्रम पनि सञ्चालन गर्ने योजना सहित बजेट बिनियोजन गरेको छ । स्वास्थ्य तर्फ सुन्य होम डेलिभरि कार्यक्रम र पोषण सुधार कार्यक्रम सुनौला हजार दिने आमा तथा बच्चालाई लक्ष्तीत गरी मेरो बाबालाई चिट्ठी कार्यक्रम, बिद्यालयहरुमा आँखा जाच कार्यक्रम र स्वास्थ्य सिबिर कार्यक्रम पनि सञ्चालन गर्न बजेट बिनियोजन गरेको छ । नगरपालिकाले लोक सेवा आयेगका कक्षा सञ्चालन गर्नको लागि पनि बजेट बिनियोजन गरेको छ ।