2026-09-13 12:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाँकेको नरैनापुरलाई हुलाकी शहरका रुपमा विकास गरिने

भदौ २७, बाँके | शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बाँकेको नरैनापुरलाई हुलाकी शहरका रुपमा विकास गरिने बताउनुभएको छ । 

नरैनापुर गाउँपालिकामा नवनिर्मित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भवनको आज उद्घाटन गर्दै मन्त्री राईले नरैनापुरलाई १० वर्षभित्र हुलाकी शहरका रुपमा विकास गर्न प्रत्येक वर्ष रु एक अर्बका दरले बजेट छुट्याइने बताउनुभयो ।

गत आवमा नरैनापुरका ३०० घरलाई फुसरहित बनाउन बजेट विनियोजन गरिएको बताउँदै मन्त्री राईले अबको तीन वर्षभित्र सबै घरलाई फुसरहित बनाइने दाबी गर्नुभयो ।

मन्त्री राईले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल बनाउने योजना स्वीकृत भइसकेकाले अब थप भौतिक पूर्वाधार निर्माणका साथै दक्ष र पर्याप्त जनशक्ति व्यवस्थापनमा कुनै कमी हुन नदिइने बताउनुभयो । 

पन्ध्र श्ययाको अस्पताल बनेपछि नरैनापुरवासीले उपचारको लागि नेपालगञ्ज पुग्न नपर्ने मन्त्री राईको भनाइ थियो । उहाँले सरकारले नरैनापुरलाई जोखिमयुक्त बस्ती घोषणा गरेर काम गर्ने बताउनुभयो ।

रु तीन करोड १९ लाखको लागतमा बनेको नरैनापुर गाउँपालिका–२ लक्ष्मणपुरस्थित लक्ष्मणपुर स्वास्थ्य केन्द्र भवन निर्माणका लागि २०६८ भदौ २० गते १८ महीनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि आठ वर्षपछि मात्र भवन निर्माण सम्पन्न भएको सङ्घीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका प्रमुख सुवास बस्नेतले बताउनुभयो । 

उहाँका अनुसार, भवन गाउँपालिकालाई हस्तान्तरण गरिसकिएको छ । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबिबिएस डाक्टरहित १३ जनाको दरबन्दी रहेको छ ।

प्रतिफल प्राप्त हुने गरी अनुदान दिइने

प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले कृषिमा प्रतिफल प्राप्त हुने गरी अनुदान दिने बताउनुभयो ।नेपालगञ्जमा साना किसानको पश्चिमस्तरीय क्षेत्रीय सम्मेलनमा मन्त्री केसीले सरकारले प्रदेश नं ५ को कृषिको उत्पादकत्व र उत्पादनका लागि किसानका जस्तोसुकै समस्या समाधानका लागि तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अब किसानले उत्पादन गर्ने र सरकारले बजारीकरणका लागि सहयोग गर्ने छ ।’’

विदेशबाट आयात हुने सामानहरुलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उहाँले स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्न सके मात्र राष्ट्र समृद्ध हुने उल्लेख गर्नुभयो । 

प्रदेश नं ५ सरकारले ठाउँ विशेषको उत्पादनलाई पनि प्रोत्साहन गर्न तयार रहेको मन्त्री केसीले बताउनुभयो । प्रदेशका ५२ वटा स्मार्ट कृषिमा गरिएको लगानी र कृषकको मेहनत यस वर्ष परिणाममा देखिने समेत उहाँको दाबी छ । 

प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका गरी एक सयभन्दा बढी साना किसानको सहभागिता रहेको कार्यक्रममा प्रदेश नं ५ का प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषालले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर योजना बनाएको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन