२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीको पाटन विमानस्थल कालोपत्रे हुन सकेन, यस्तो छ कारण

२०७६, २८ भाद्र शनिबार ०३:१४

विनोद सिंह विष्ट | भदौ २८, बैतडी | म्याद सकिएको १४ महीना बितिसक्दासमेत बैतडीको पाटन विमानस्थल कालापत्रे गर्ने कार्य अझै सकिएको छैन । विसं २०७५ को असारमा कालोपत्रे गरी सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल अझै कालोपत्रे हुन नसकेको हो । 

ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा सबै काम सकिएर कालोपत्र मात्रै गर्न बाँकी रहेको निर्माण कम्पनीका इञ्जिनीयर पुरन रावलले बताउनुभयो । निर्माण सामग्रीको अभावले काम पूरा हुन नसकेको उहाँले बताउनुभयो । “ठेक्का भइसकेपछि विविध कारणले समयमै काम शुरु नहुँदा पनि समस्या भएको हो”, उहाँले भन्नुभयो । वर्षात् र अन्य प्राविधिक कारणले केही ढिलाइ भएको र अलकत्रा र गिट्टीको अभावले समयमै कालोपत्रे गर्ने काम नसकिएको रावलको भनाइ छ । 

विमानस्थल निर्माण शुरु भएपछि इन्धनको अभाव, बेलाबेलामा हुने बन्द हडताल र निर्माण कम्पनीको पनि केही लापरवाहीले काम समयमै सम्पन्न हुन नसकेको बताइएको छ । पाटन विमानस्थललाई स्तरोन्नति गर्ने कार्यअन्तर्गत ९० प्रतिशत बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । वर्षात् भइरहेकाले कालोपत्रेको काम रोकिएको हो । वर्षात् सकिने बित्तिकै कालोपत्रेको काम शुरु गर्ने इञ्जिनीयर रावलले बताउनुभयो । विमानस्थलाई कालोपत्रे गर्ने कार्यअन्तर्गत बेस, सव बेस र ड्रेनको सबै काम सकिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 


विसं  २०७३ को चैतमा सम्झौता भएर विमानस्थल पुनःनिर्माणको काम शुरु भएको हो । पाटन विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ । 

सो कार्यका लागि मूल्य अभिवृद्धि करबाहेक रु ११ करोड २९ लाखको लागतमा काम भइरहेको छ । विकास निर्माणका काम समयमै नसकिने रोगजस्तै भइसकेको पाटनका स्थानीय दिनेश विष्टको भनाइ छ । 

पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम शुरु भएर २०३५ सालदेखि हवाई सेवा शुरु भएको थियो । त्यस्तै २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । 

विमानस्थल कार्यालयका भवन १२ बर्षे द्वन्द्वकालमा ध्वस्त भएको थियो । साथै विमानस्थल पुनः सञ्चालन नहुँदा गौचरन, खेलमैदान तथा सवारीसाधन सिक्ने मैदानमा परिणत भएको थियो  ।

पाटन विमानस्थल कैलालीको गेटापछि सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थल हो । नेपाल सरकारले घोषणा गरेको दश नमूनाध्येको एक शहरमा पर्ने पाटनको विमानस्थल सञ्चालन हुन सक सो क्षेत्रको मात्र नभएर पर्यटक आवागमन बढाउन सकिने विश्वास गरिएको छ । 

सुदूरपश्चिमको बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित छ । हवाई सेवाको सहजताले पर्यटकीय आकर्षणको मुख्य केन्द्रबिन्दु रहेको नेपालकै गहिरो गुफा पत्ताल भुवनेश्वर, उदयदेव मन्दिर, त्रिपुरासुन्दरी, निङ्गलाशैनी मन्दिर, ईश्वरीगङ्गा धाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगास धामलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार