2026-07-11 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोकुलेको धापसम्म नियमित बस सञ्चालन

कात्तिक ६, काभ्रे | जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–१ धापसम्म यात्रुबाहक बस पुगेपछि वर्षौँदेखि आफ्नै घरआँगनबाट बस चढेर शहर जाने यहाँका जनताको रहर बल्ल पूरा भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा मोटरबाटोको ट्र्याक खोलेसँगै स्तरोन्नति गरेपछि काभ्रे बस प्रालिको यात्रुबाहक बसले सेवा दिन थालेको छ । त्यससँगै अब विकट क्षेत्र गोकुलेलगायत आसपासका बासिन्दाले आफ्नै घरआँगनबाट बस चढ्ने सुविधा पाएका हुन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको बिपी राजमार्गस्थित चौकीडाँडा हुँदै सिसाखानी–सिपाली–बूढाखानी–फोक्सिङटार–मसानेभञ्ज्याङ–देवीटार–घर्तिछाप हँुदै गोकुलेको धाप मैनडाँडासम्म दैनिक यात्रुबाहक बस पुगेको छ । 

यसअघि सो बाटो भएर फोक्सिङटारको सानो पोखरासम्म पुगेको भएपनि नियमित रुपमा बुढाखानीको महादेवटारसम्म मात्रै बस पुगेको थियो । सिन्धुलीको घ्याङलेक गाउँपालिकाको रामपुर हुँदै बनखु घर्तिछापसम्म हिमाल तराई यातायातको बस पुगेकामा अब जिल्लाभित्रैबाट डाँडापारिको गोकुलेधापसम्म यात्रुबाहक बस पुर्याउन सफल भएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । 

“पहिला आफ्नै गाउँपालिका डाँडापारि जानका लागि छिमेकी जिल्ला सिन्धुली घुमेर जानुपर्ने बाध्यता थियो, गाउँपालिकाको पहलमा अब आफ्नै जिल्लाबाट नै डाँडापारि जान सक्ने भएको छ”, जिम्बाले भन्नुभयो, “यसरी जाँदा छिटो मात्रै नभएर भाडा पनि रु २०० सस्तो भएको छ ।” यसअघि हिमाल तराई यातायातले सिन्धुली हुँदै घुमेर जानुपर्नेमा बनेपादेखि गोकुलेसम्म रु ७८० दिने गरेकामा अब काभ्रे बस प्रालिले रु ५८० मा सेवा पुर्याएको छ । 

तीन दिनअघि फोक्सिङटारको खानीटार पुगेर गाउँपालिका अध्यक्ष जिम्बा र काभ्रे बस प्रालिका अध्यक्ष बर्ण शाक्यले संयुक्तरूपमा मोटरबाटोको उद्घाटन गर्नुभएको थियो । सो क्रममा गोकुलेको धाप मैनडाँडासम्म नियमितरूपमा बस सञ्चालन गर्ने र तोकिएको भाडादर लिने विषयमा सम्झौतासमेत भएको थियो । बनेपाबाट धापसम्म दैनिक दुई बस सञ्चालन हुने भएका छन् । बनेपादेखि धापसम्म ७८ किलोमिटर छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या