पढ्न करिब 1 मिनेट लाग्छ
<p>पुस १४, वीरगञ्ज | वीरगञ्जमा महानगरपालिकाका कम्प्युटर अपरेटरलाई अख्तियार अनुसन्धान आयोगले १५ हजार घुस रकमसहित पक्राउ गरेको छ | महानगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर राकेश कुमार जैशवाललाई १५ हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो |<br></p><p>आयोगका अनुसार वीरगञ्ज महानगर-१८ मा सडक बनाएर रकम भुक्तानी गर्ने क्रममा उनले घुस मागेका थिए | महानगरमा कुनै काम गराउन पैसा मागेको भन्ने सूचनाका आधारमा आयोगले छापा मारेको हो |</p><p>थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ |</p>

