2026-09-13 03:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा विद्युत प्रसारणलाइन विस्तार गरिँदै,कुन-कुन स्थानमा ?

माघ २६, बैतडी | बैतडीको तल्लोस्वराड क्षेत्रमा विद्युत राष्ट्रिय प्रसारणलाइन विस्तारको काम थालिएको छ | मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमा विद्युतको राष्ट्रिय प्रसारण पुर्‍याउनका लागि काम शुरु भईसकेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ | 

नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरीयाका अनुसार पाटन र मेलौलीमा सवस्टेशन राख्ने र पाटनदेखि मेलौली सम्म लाइन विस्तारको काम शुरु भईसकेको छ | पाटनमा सवस्टेशन निर्माणका लागि साढे ११ करोड र मेलौलीमा सवस्टेशन निर्माणका लागि आर.के. इन्टरनेश्नल प्रालिसंग गत जेठमा साढे १२ करोडमा ठेक्का सम्झौता भएको हो |

पाटनदेखि मेलौलीसम्म प्रसारणलाइन विस्तारका लागि अमृत इन्द्रधनु जेभीसंग सम्झौता भएको जनाएको छ | लाइन विस्तारको काम पनि एक बर्षभित्र सक्ने गरेर गत जेठमा सम्झौता भएको हो | तल्लोस्वराड क्षेत्रलाई विद्युतको राष्ट्रिय प्रशारणमा पहुँच पुर्‍याउन सवस्टेशन निर्माण र लाइन विस्तारको काम शुरु भएको छ |  नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले पनि मेलौलीको सलेनासम्म यो बर्ष विद्युत पहुँच विस्तार गर्नेगरी काम गरिरहेको बताएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन