पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ २९, बैतडी |</b> बैतडीमा नीजि लगानीमा आइसीयुसहितको अस्पतालमा स्थापना भएको छ | पहिलोपटक सोमबार वरिष्ठ सर्जन र स्त्रीरोग विशेषज्ञले सेवा दिने गरी निको अस्पताल उद्घाटन गरिएको छ | कमजोर आर्थिक अवस्था भएका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने हिसाबले अस्पताल सञ्चालनमा ल्याइएको डा. ग्रीसले बताइन |</p><p>उनका अनुसार अस्पतालमा जनरल देखि सर्जरीलगायतका सेवा उपलब्ध हुनेछन् | अस्पतालले तत्काल १५ शैयाबाट सेवा सुरु गरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ | उक्त अस्पतालले आइसीयुसहित २५ शैयाको अनुमति पाएको छ |</p><p>जिल्लामा ठूलो अस्पताल नभएका बेला निजी क्षेत्रबाट खुलेको अस्पतालले उपचारका लागि भारत जाने बाध्यताको केही हद सम्म अन्त्य हुने स्थानीयको विश्वास छ |<img src="http://sajhasabal.com/uploads/posts/8ef03ef6df80699afe4e47c9c381bb431581495667.png" style="width: 817px;"></p>

