Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडीमा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमले घरमै सेवा दिँदै

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १, बैतडी | बैतडीका तीनवटा स्थानीय तहमा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य  कार्यक्रम सञ्चालन हुने भएको हो।

ती स्थानीय तहमा रहेका ज्येष्ठ नागरिकका घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। सो कार्यक्रम सञ्चालन हुने पालिकामा एकजना हेल्थ असिष्टेन्ट तथा स्टाफ नर्सले सेवा दिने जनाइएको छ। उनले भने, “कार्यक्रम सञ्चालन भएका पालिकाको एउटा स्वास्थ्य संस्थालाई केन्द्र बनाएर सोही ठाउँबाट ज्येष्ठ नागरिकका लागि औषधि वितरण गरिनेछ।”

कार्यक्रमअन्तर्गत उपचारात्मक सेवाका साथै ज्येष्ठ नागरिकको स्वास्थ्यमा ध्यान केन्द्रित गराउन पैरवी, छलफल पनि सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ।  मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमले ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउन सहयोग मिल्ने विश्वास गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यस जिल्ला सहित प्रदेशका नौवटै जिल्लाका २९ स्थानीय तहमा सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो | -रासस