2026-06-24 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंकमा सुनलाई निक्षेपको रुपमा राख्न सकिने,सुनमै ब्याज पाइने

2020-03-05

फागुन २२, काठमाडौं | अब सुन पनि निक्षेपको रुपमा राख्न सकिने भएको छ | नेपाल राष्ट्र बैंकले सुनलाई निक्षेपको रुपमा स्वीकार गर्न क, ख र ग  बर्गका इजाजत पत्र बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ |

बिहीबार राष्ट्र बैंकले कार्यविधी बनाइ नेपाली नागरिकहरुसँग रहेको सुनलाई निक्षेपको रुपमा स्वीकार गर्न र संचालक समितिबाट नै निर्णय भएको सात दिन भित्र जानकारी गराउन भनेको छ | राष्ट बैंकका अनुसार सुन निक्षेप राख्नका लागि न्यूनतम २५ ग्राम परिमाण हुनु छ |

त्यस्तै बैंकमा राख्ने सुन निक्षेपको अवधि कम्तिमा ३ वर्ष तथा अधिकतम ५ वर्षको हुनुपर्ने छ | बुधबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको बजेटमै समावेश गरेको  विषयलाई कार्यान्वयन गर्न  सर्कुलर जारी गरेको हो |बाणिज्य बैंकहरुले मात्र सुनलाई निक्षेपका रुपमा लिन पाउने छन | वाणिज्य बैंकहरुले सुन निक्षेप लिने सम्बन्धमा नीति तथा विस्तृत कार्यविधि बनाई संचालक समितिबाट पारित गराउनु पर्ने छ । यसरी सुन निक्षेप स्वीकार्ने भएमा राष्ट बैंकमा उक्त निर्णय भएको सात कार्यदिनभित्र जानकारी गराउनु पर्नेछ, सुन निक्षेप लिंदा निक्षेपकर्ताबाट उपलब्ध हुने सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९९५.० को सुनमात्र स्वीकार गर्नुपर्नेछ |

सुनको निक्षेप स्वीकार गर्दा वाणिज्य बैंकहरुले सुनको प्रचलित बजार मूल्यलाई नै आधार मान्नुपर्ने व्यवस्था समेत गरिएको छ । यो निक्षेप राख्नको लागि ग्राहकले छुट्टै खाता भने खोल्नुपर्नेछ । त्यसरी खाता खोल्दा केवाईसी फारामहरु भने अन्य खाताको जस्तैगरी भर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ । 

सुनलाई निक्षेपमा राखेका व्यक्तिले सो निक्षेपको ७० प्रतिशतसम्म कर्जा लिन सक्ने र सो कर्जाको ब्याजदर निक्षेपको ब्याजदर भन्दा २ प्रतिशत मात्रै बढी हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो निक्षेपलाई बैंकहरुले सीआरआर, एसएलआरको प्रयोजनको लागि प्रयोग गर्न सक्नेछन् |

बैंकहरुले सुन निक्षेप राख्न आएका ग्राहकलाई सुन निक्षेप लिदाँका बखत नै आफूले जम्मा गरेको साँवा सुन तथा ब्याज सुनमै फिर्ता लिने वा नगदमा लिने सो को यकिन गराउनुपर्ने बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे