2026-11-02 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विकासबाहेकका सबै बजेट कोरोना रोकथाममा खर्च, युवतीको थ्रोट स्वाब पठाइयो

वैशाख ५, काठमाडौँ | बैतडीको पुर्चौंडी नगरपालिकाले विकास बजेटबाहेकका सबै बजेट कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्ने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले जानकारी दिनुभयो । 

यस्तै नेपाल सरकारले पारित गरेको क्वारेन्टाइन निर्माण कार्यविधि, २०७७ अनुसार ३५० शय्याको क्वारेन्टाइन निर्माण गर्ने निर्णयसमेत भएको छ । यसका साथै कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि एक वडादेखि अर्को वडामा आवतजावतमा प्रतिबन्ध लगाउने निर्णयसमेत भएको छ । बैंकिङ सेवा, स्वास्थ्य सेवा र खाद्यान्न ढुवानीका लागि जानुपरेमा अनिवार्य वडाको सिफारिस हुनुपर्ने निर्णय गरेको बताइएको छ ।  

स्वास्थ्यकर्मीलाई पिपिइ 

बैतडीको दशरथचन्द नगरपालिकाले ११ ओटै वडामा स्वास्थ्यकर्मीहरुका लागि पिपिइ सेटको व्यवस्था गरेको जनाएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीहरुका लागि प्रत्येक वडामा एक सेटका दरले पिपिइको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले जानकारी दिनुभयो । 

क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परीक्षणमा खटिने स्वास्थ्यकर्मीहरुलाई सजिलो होस् भनेर व्यक्तिगत सुरक्षाका लागि पिपिइ वितरण गरिएको हो । नगरपालिकाले ११ ओटै वडामा यसअघि नै क्वारेन्टाइन निर्माण गरिसकेको छ । पिपिइ प्राप्त भएपछि स्वास्थ्यकर्मीहरुलाई काम गर्न सजिलो हुने गुरुखोला स्वास्थ्यचौकीका अहेव उत्तम भट्टले बताउनुभयो । 

दलित परिवारलाई राहत वितरण 

बैतडीको सुर्नया गाउँपालिकाले गाउँपालिकाभरिका प्रत्येक दलित परिवारलाई राहत वितरण गर्ने भएको छ । जारी लकडाउनका कारण दलित समुदायका परिवार अरुभन्दा धेरै समस्यामा परेको भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको हो । गाउँकार्यपालिकाको बिहीबार बसेको बैठकले कोरोना भाइरस सङक्रमण रोकथाम तथा उपचार कोष सन्चालनसम्बन्धी कार्यविधि, २०७७ पारित गरेको र सोही कार्यविधिमा टेकेर राहत वितरण गर्ने निर्णय गरेको हो ।

 यस्तै लकडाउनका कारण समस्यामा परेका असङ्गठित क्षेत्रका मजदूर, घर भएका तर जग्गा नभएका परिवार, असहाय, अपाङ्गता भएका व्यक्तिहरुलाई समेत राहत वितरण गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, “राहत वितरणका लागि वडाहरुको समन्वयमा तथ्याङ्क सङ्कलन गरिने र कार्यविधिमा समेटिएकाहरुलाई राहत वितरण गरिनेछ ।” गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको राहत कोषमा रकम जम्मा गरी सहयोग गर्न पनि सबैलाई आग्रह गरेको छ । 

युवतीको थ्रोट स्वाब पठाइयो

कोरोनाको आशङ्कामा जिल्ला अस्पतालमा भर्ना गरिएकी सुर्नया गाउँपालिका–३ की २३ वर्षीय युवतीको थ्रोट स्वाब सङ्कलन गरिएको छ । युवतीको थ्रोट स्वाब सङ्कलन गरेर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । युवतीलाई ज्वरो, रुघोखोकी, श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार आइसोलेसनमा भर्ना गरिएको थियो । 

युवतीलाई अस्पताल पुर्याउन पुगेका उनका बुवा र भाइलाई समेत आइसोलेसनमा राखिएको छ । कोरोनाको आशङ्का युवतीलाई आइसोलेसनमा राखिएको हो तर युवतीको र्यापिड डाइग्नोस्टिक टेस्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ । युवतीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । यसअघि कोरोनाको आशङ्कामा तीन जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको भए पनि तीनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द