२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जनप्रतिनिधिको सेवासुविधा कोषमा

२०७७, १७ बैशाख बुधबार ०४:२०

वैशाख १७, काभ्रेपलाञ्चोक | नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिद्वारा एक महिनाको पारिश्रमिक तथा सेवासुविधा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् । वाग्मती प्रदेशको नयाँ व्यवस्थाअनुसार प्राप्त हुने पारिश्रमिक तथा सुवासुविधाको रकम नगरका सम्पूर्ण जनप्रतिनिधिले कोषमा जम्मा गर्ने निर्णय भएको हो ।

 नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले एक महिनामा जनप्रतिनिधिले पाउने सम्पूर्ण रकम कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो । नगरमा ६० जनप्रतिनिधि छन् ।

 नगरले हाल आफ्ना क्षेत्रमा रहेका विपन्न परिवारलाई राहत वितरणसँगै दीर्घरोगीलाई घरमै निःशुल्क औषधि पुर्याइरहेको छ । लकडाउनका कारण स्थानीय दीर्घरोगीलाई औषधि उपलब्ध गराउन नसक्ने भएपछि नगरले उनीहरुको घरमै औषधि पुर्याउन थालेको हो । नियमित औषधि सेवन गर्दै आएका दीर्घरोगीको स्वास्थ्य अवस्था थप नबिग्रियोस् भन्ने उद्देश्यले चिकित्सकले दिएको ‘प्रेस्क्रिप्सन’ का आधारमा दीर्घरोगीको घरमै औषधि पुर्याउन थालिएको नगरप्रमुख तिमल्सिनाले जानकारी दिनुभयो । 

यस्तै रोशी गाउँपालिकाका जनप्रतिनिधिले पनि एक महिनामा आउने सेवासुविधाको रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गाउँपालिकाको ४२ जनप्रतिनिधिलाई एक महिनामा सेवासुविधावापत आउने रु सात लाख ५१ हजार कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत डमरु दाहालले जानकारी दिनुभयो । उहाँले केन्द्र सरकारको निर्णयअनुसार कर्मचारीको पारिश्रमिक कट्टा गरी रु एक लाख ८८ हजार १२० कोषमा जम्मा भइसकेको बताउनुभयो । 

यसअघि एक महिनाको पारिश्रमिक वाग्मती प्रदेश सरकारको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषको खातामा जम्मा गर्नुभएका वाग्मती प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईँले आफ्नो निर्वाचन क्षेत्रमा थप दुई महिनाको पारिश्रमिक दिनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने