2026-11-02 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुरमा कोभिड अस्पताल सञ्चालन हुने

रमेश गिरी | जेठ १७, भक्तपुर | भक्तपुर अस्पतालमा निर्माण भएको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालन हुनेभएको छ । 

कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित बिरामीको उपचारका लागि  स्वास्थ्य मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागमार्फत भक्तपुर अस्पतालमा निर्माण गरिएको नयाँ भवनमा सो अस्पताल सञ्चालनमा आउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी) को सहयोगमा निर्माण भएको सो भवन मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागले संयुक्त रुपमा शुक्रबार अस्पताललाई हस्तान्तरण गरेको छ । रु एक करोड ८९ लाख १२ हजार ३१० को लागतमा निर्माण भएको सो भवनमा कोभिड अस्पताल छिट्टै सञ्चालन हुने अध्यक्ष सुवालले बताउनुभयो । 

शुरुमा अस्पतालको पुरानो भवनलाई रेक्टोफिटिङ गरी भूकम्पप्रतिरोधी बनाउने र यहाँ रहेका फर्निचर, स्वास्थ्य सामग्री, श्यया, बिरामी अन्यत्र सार्नुपर्ने भएकाले अस्पताल परिसरभित्र एक अस्थायी संरचना निर्माण गर्न शुरु गरिएको अवस्थामा कोभिडको प्रकोप शुरु भएसँगै यसैलाई कोभिड उपचार गर्नेगरी भवन तयार पारिएको हो । रेक्टोफिटिङ गर्ने उक्त आयोजनाअन्तर्गत भवन खाली गरी फर्निचर, स्वास्थ्य सामग्री, श्यया, बिरामी राख्नका लागि अस्थायी संरचना निर्माण गर्ने क्रममा कोरोनाको प्रकोप आएपछि सरकारले भक्तपुर अस्पताललाई कोभिड उचार केन्द्र घोषणा गरेपछि यो भवनलाई कोभिड उपचार भवनका रुपमा प्रयोग गर्ने गरी निर्माण भएको हो ।

अस्पतालको मेडिकल सुपरिटेन्डन्ट डा सुमित्रा गौतमले ४८४ वर्गमिटरमा फैलिएको यो भवनमा छ श्ययाको आइसीयू, छ श्ययाको एनआइसीयू, २० श्ययाको वार्ड, दुई आइसोलेसन वार्ड, शौचालय, मेडिकल स्टोरलगायत उपचारका अन्य कार्य सञ्चालनमा हुने जानकारी दिनुभयो । निर्माणसम्पन्न भएको भवनमा तत्कालै फर्निचर, श्ययालगायत आवश्यक सामग्रीको व्यवस्थापन गरी अबको केही दिनमै यो भवनमा बिरामी राख्ने गरी सञ्चालनमा ल्याउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कोभिड भवन निर्माण सम्पन्न भएको छ, भवनका लागि आवश्यक श्यया, ओछ्याउन म्याट, फर्निचरलगायतका सामग्रीको जोहो गरी बिरामीका लागि आवश्यक सामान राख्दैछौँ, स्वास्थ्य मन्त्रालयले चिकित्सिकको टोली पठाउने भएको छ, अब तत्काल यहीबाट कोभिडको उपचार शुरु गर्छौ ।”

लकडाउन लम्बिएपछि ठेकेदारले रोकेको उक्त भवन निर्माण सम्पन्न गर्न नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति एवं कर्णेल शिव पौडेलले निकै सहयोग गरेको मेसु डा गौतमले बताउनुभयो । कोभिड भवन छिटो निर्माण गर्न कर्णेल पौडेलसँगै जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, सशस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराई, अस्पतालका स्वयंसेवक आरएनए गु्रपका अरुण सैंजूसहितको टोलीको अथक प्रयासले अस्पताल भवन छिटो निर्माण सम्पन्न भई कोरोना सङ््क्रमितको उपचार छिटो गर्न सकिने अवस्थामा पुगेको अस्पतालले जनाएको छ । 

त्यसैगरी अस्पतालले पुरानो भवनको रेक्टोफिटिङको कार्यसमेत अगाडि बढाएको छ । मेसु डा गौतमका अनुसार रेक्टोफिटिङका लागि बोलपत्र भइसकेको छ । भवनलाई भूकम्पीय प्रवलीकरण गर्दै स्वास्थ्य उपचारका लागि उपयोगी हुनेगरी स्तरोन्नतिसँगै खानेपानी, ढल, फोहर, भित्री हावाको गुणस्तर व्यवस्थापनलगायतको कार्य हुनेछ । कूल रु १३ करोड ७१ लाख ५८ हजारको लागतमा अस्पतालको पुरोना भवनलाई रेक्टोफिटिङ गरी भूकम्प प्रतिरोधी बनाइने छ । 

रेक्टोफिटिङ सकिएपछि अस्पालको सेवा सहज र प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने छ । त्यसपछि प्रसूति सेवा, शल्यक्रिया, सघन उपचार सेवाका लागि उपयुक्त र पर्याप्त भवन अझै अभाव हुने भएकाले ती सहित अन्य सेवाका लागि थप अर्को नयाँ भवन निर्माण गर्ने प्रक्रियासमेत शुरु भएको छ ।

अस्पतालका लागि अत्यावश्यक मानिने शव परीक्षण घर, सार्वजनिक शौचालय, भान्छा घरलगायत संरचना रहने गरी नयाँ भवन निर्माण गर्ने योजना अस्पतालले अगाडि बढाएको छ । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा थप रु १६ करोड ९४ लाख ३८ हजारको लागतमा नयाँ भवन निर्माण शुरु हुने मेसु डा गौतमले जानकारी दिनुभयो । नयाँ भवनबाट लिफ्ट जडान गरी रेक्टोफिटिङ गरिएको भवनमा समेत जान मिल्ने गरी संरचना निर्माण गर्ने र पुराना शौचालय भत्काएर अपाङ्गतामैत्री शौचालय बनाइने अस्पतालले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द