2026-11-02 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशबाट नेपालीलाई ल्याएर राखिने होल्डिङ सेन्टरको अवलोकन

जेठ २२, भक्तपुर | सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राखेर पठाउने भएपछि नेपाली सेना वीरदल गण भक्तपुरको नेतृत्वमा होल्डिङ सेन्टरको निर्माणको काम तीव्रगतिमा भएको छ । प्रदेश नं १ का नागरिकलाई सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र प्रदेश नं २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेटमा राखिने भएपछि सेनाको टोलीले गरेको तयारीको बुधबार कोभिड–१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सिसीएमसी) को टोलीले अनुगमन गरेको छ ।

प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्ख्या, सामान्य प्रशासन, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिसीएमसीमा रहेका संयुक्त टोलीले यसको तयारीको अवस्थाबारे जानकारी लिन आज होल्डिङ सेन्टरको अवलोकन गरेको हो । अनुगमन टोलीलाई जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जिल्लामा आइपर्ने विभिन्न समस्याका बारेमा सिसीएमसीको निर्देशिकाले स्पष्ट नबोलेको भन्दै सहजरूपमा काम गर्ने गरी अधिकार दिनुपर्ने बताउनुभयो ।

 खाना खर्च कसले व्यहोर्ने, पैसा तिर्न नसक्नेले के गर्ने, यहाँका स्वयंसेवक एवं कर्मचारीका लागि खाना, पानीलगायतको व्यवस्थापन कसरी गर्ने कुनै स्पष्ट नीति नहुँदा जिल्लास्थित सिएमसी समस्यामा परेको उहाँको भनाइ थियो । “जिल्लाको सिएमसीलाई यहाँका अवस्थाअनुसार काम गर्न सक्ने गरी सहज व्यवस्था गर्नुपर्यो, सबै काम सिएमसीले गरोस् भन्ने बजेट चाहिँ नदिने, यसरी कसरी काम गर्न सकिन्छ ?, जिसस प्रमुख गेलालले भन्नुभयो, “रु १०–१२ लाखले के गर्ने ?, कोरोना राहत कोषमा भएको रकम खर्च गरेर भए पनि सरकारले सहज व्यवस्थापन गर्नुपर्छ ।”

जिल्लास्तरीय सिएमसीको संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विदेशबाट फर्किएर होल्डिङ सेन्टरमा आउनेका लागि आवश्यक मास्क, स्यानिटाइजरजस्ता स्वास्थ्य सामग्री आवश्यक रहेको, यहाँसम्म आउने र जानेहरुको गाडी भाडाको व्यवस्थापन, होल्डिङ सेन्टर बनाइएका पार्टी प्यालेसलाई तिर्नुपर्ने भाडा, यहाँ आउने र बस्नेका लागि खाना, पानीजस्ता सामान्य कुराको व्यवस्थापनमा जरुरी रहेको बताउनुभयो ।

नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेलले एयरपोर्टबाट सेल्टरमा आएपछि राख्नेदेखि प्रदेश पठाउनेसम्म गरिएको तयारीका बारेमा जानकारी दिनुभयो । एउटा सेल्टरमा एक हजारसम्म राख्न सकिने गरी व्यवस्थापन गरिएको र आवश्यक परेमा एउटा सेल्टरमा बढीमा २० जनासम्म सुत्न मिल्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो । 

उहाँले निःशुल्क सिमकार्ड वितरण, ज्वरो नाप्ने, स्वास्थ्य अवस्था जानकारी लिने, एक छाक खाना खुवाउने, आराम गर्ने व्यवस्था गरिएको र एम्बुलेन्स, चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने बताउनुभयो । विदेशबाट फर्किएका भक्तपुरका नागरिकका लागि भने सल्लाघारीको चौरमा ल्याएर सम्बन्धित नगरपालिकाले आ–आफ्नो नगरका नागरिकको जिम्मेवारी लिएर क्वारेन्टिनमा लैजाने व्यवस्था गरिएको छ । एयरपोर्टबाट सेल्टरमा ल्याएकालाई प्रदेश सरकारको समन्वयमा जतिसक्दो छिटो पठाउने व्यवस्था गर्नुपर्ने, पानीलगायत प्याकिङ खाजा किन्न मिल्ने गरी डेस्क राख्नुपर्ने र निर्देशिकाले तोकेको भन्दा तलमाथि गर्न नपाउने व्यवस्था गरिएको छ ।

विदेशबाट फर्किएका भक्तपुरका नागरिकलाई राख्न सिएमसीले चारवटै नगरपालिकालाई क्वारेन्टिनको व्यवस्था गर्न पत्राचार गरेर तयारी गरिरहेको, प्रदेश पठाउने नागरिकको हकमा दुईवटा बैंक्वेटसँगै आवश्यकता परेमा खरिपाटीस्थित क्वारेन्टिन, सानोथिमि क्याम्पसलगायतका क्षेत्रका क्वारेन्टिनमा पूर्णरूपमा मानवअधिकारको पालना गर्ने गरी तयारी गरेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द