2026-09-12 06:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खरको छानो विस्थापित गर्दै स्थानीय तह

असार १०, झिमरुक। प्यूठान जिल्लाका स्थानीय तहहरुले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम प्रभावकारी बनेको छ । लामो समयदेखि खरको छानामुनि बसेका जस्तापाताले छाउन नसकेका परिवारलाई स्थानीय तहमार्फत जस्तापाताले घर छाउने कार्यक्रम ल्याइएको हो ।

गौमुखी गाउँपालिकाले गत आर्थिक वर्ष २०७५/७६ मा एक हजार ४२८ अतिविपन्न परिवारको घरमा जस्तापाताले छाउने कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताउनुभयो । रु पाँच करोड २८ लाख लागतमा जस्तापाता लगाइएको उहाँको भनाइ छ । गाउँपालिकाले प्रतिघर रु ४० हजार लगानीमा जस्तापाता लगाएको थियो । सो गाउँपालिकाले चालू आर्थिक वर्षमा पनि विभिन्न वडाका १२४ घरधुरीमा रु ५० लाख लागतमा जस्तापाता लगाएको छ । 

धेरै वर्षदेखि खरको छानामा बसेका गौमुखी–२ अर्खा ठूलाचौरका श्यामबहादुर थापाले जङ्गलको नजिक घर हुँदा खरको छानामा आगलागीको डर हुने गरेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको सहयोगमा जस्तापाता लगाएपछि अहिले डर हटेको छ ।

यस्तै स्वर्गद्वारी नगरपालिकाले पनि नगर क्षेत्रमा रहेका विपन्न परिवारका घरमा जस्तापाता लगाउँदै आएको छ । आगामी आर्थिक वर्षमै खरको छानो विस्थापित हुने गरी काम भइरहेको नगरपालिकाले जनाएको छ । करिब दुई हजार २०० घरहरु खरको छानो भएको स्वर्गद्वारीमा करिब एक हजार ५०० घरधुरीमा जस्तापाता लगाइसकिएको नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताउनुभयो । 

आगामी वर्ष पनि प्रदेश सरकारसँग समन्वय गरेर रु एक करोड ५० लाख बजेट विनियोजन गरी १ र २ नं वडामा रहेका खरका छाना भएका घरहरुलाई जस्तापाताले छाएर नगरपालिकालाई खरको छानामुक्त घोषणा गर्ने योजना रहेको उहाँले बताउनुभयो । माण्डवी गाउँपालिकाले पनि पालिका क्षेत्रभित्र ७५० घरमा जस्तापाता लगाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग