2026-09-13 08:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना प्रभावित करदातालाई पोखरा महानगरपालिकाको सहुलियत

असार १२, कास्की | पोखरा महानगरपालिकाले कोरोना भाइरसको महामारीसँगै गरिएको बन्दाबन्दीका कारण आर्थिक तथा व्यावसायिक कारोवारमा नकारात्मक प्रभाव परेको भन्दै करदातालाई सहुलियत दिने भएको छ ।

महानगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेटमा भाडामा दिइएका सटर तथा भवनको २०७६ चैतदेखि २०७७ जेठ मसान्तसम्म तीन महिनाको घर भाडा तथा बहाल कर छुट दिइने उल्लेख छ । छुट दिएको बहाल रकम आगामी आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकभित्र मिलान गर्ने गरी व्यवस्था मिलाइएको उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो ।

महानगरपालिका स्थापना दिवसको अवसरमा क्षेत्रगतरुपमा उत्कृष्ट करदाता छनोट गरी महानगर उत्कृष्ट करदाताबाट सम्मान गरिने उहाँले बताउनुभयो । अन्डरग्राउन्ड पार्किङसहित निर्मित घर तथा भवनको नक्सापास दस्तुरमा एक तलाको राजस्व छुटको व्यवस्था र भूकम्पपीडित लाभग्राहीमा परेका परिवारले नक्सापास गर्दा उक्त दस्तुरमा एक हजार स्क्वायर फिटको ग्राउन्ड लेबलसम्म नक्सापास दस्तुरमा सतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।

महानगरपालिका क्षेत्रका पुरातात्विक महत्वका पुराना घर भत्केको स्थानमा साविककै शैली झल्कने गरी भवन निर्माण गरेमा ५० प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको छ । पूर्णरुपमा पार्किङ भवन बनाएमा राजस्व छुट दिइने उपप्रमुख गुरुङले बताउनुभयो । उहाँका अनुसार महानगरका ग्रामीण पर्यटकीय क्षेत्रमा भवन निर्माण गर्दा नक्सापास दस्तुरमा ५० प्रतिशत छुट दिइने छ भने अपाङ्गता भएका, पिछडिएका वर्ग तथा महिलाले व्यवसाय दर्ता गर्दा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै कृषिसम्बन्धी व्यवसायको लागि ३० प्रतिशत छुट, सम्पत्ति, भूमिकर (मालपोत) कर पुस मसान्तसम्म भुक्तानी गरेमा १० प्रतिशत छुट र कम्तीमा तीन रोपनीभन्दा बढी जग्गा कृषि प्रयोजनमा रहेको छ भने ३० प्रतिशत भूमिकरमा छुटको व्यवस्था गरिएको छ । बन्दाबन्दी अवधिमा घरधनीले घर भाडा मिनाहा गरेमा सो अवधिको बहाल करमा छुट दिइने व्यवस्था मिलाएको जानकारी दिँदै उपप्रमुख गुरुङले महानगरका नियमित करदातालाई कोरोनाको कारण व्यवसामा परेको असरलाई मध्यनजर गर्दै निश्चित मापदण्ड तयार गरी सहुलियतको व्यवस्था मिलाइने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले