2026-09-13 08:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेटमा खेलकूद : ‘हाइ अल्टिच्युड’ खेल मैदानदेखि स्थानीयस्तरको रङ्गशाला

कृष्ण दवाडी | असार १२, कास्की | कास्कीका पाँचवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७७/२०७८ को नीति, कार्यक्रम तथा वार्षिक बजेट गाउँ तथा नगरसभामा प्रस्तुत गरेका छन् । स्थानीय तहले असार १० गतेभित्र आगामी वर्षको नीति कार्यक्रमसहित बजेट सम्बन्धित गाउँ तथा नगरसभामा प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक प्रावधानले स्थानीय सरकार बजेट कार्यक्रम सभामा पेश गरी आवश्यक छलफलसहित पारित गर्ने तयारीमा जुटेका हुन् । 

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोभिड–१९ को सङ्क्रमण रोकथाम, व्यवस्थापन तथा नियन्त्रणका लागि स्वास्थ्य उपचार, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा तीव्र विकासको जनचाहना पूरा गर्न पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका यहाँका स्थानीय तहले खेल पूर्वाधार निर्माण तथा प्रतियोगिता सञ्चालनका कार्यक्रमसमेत बजेटमा समावेश गरेका छन् ।

पाँचवटै स्थानीय सरकारले आगामी वर्ष खेलकूदलाई सम्बोधन गर्ने गरी सीमित मात्रामा भएपनि बजेट विनियोजन गरेर खेलाडी तथा खेलकर्मीलाई खुशी दिएका छन् । भौगोलिकरुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिका र चारवटा गाउँपालिका रहेको जिल्लामा स्थानीय तहले स्वास्थ्य, कृषि, पर्यटन, शिक्षा सँगसँगै खेलकूदसँग सम्बन्धित कार्यक्रम बजेटमा पारेका हुन् ।

पोखरा महानगरपालिकाले वडा नम्बर २० को मौजामा हाइअल्टिच्युड (उच्च पर्वतीय) खेल मैदान निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरेको उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो । समुद्री सतहबाट एक हजार ७०० मिटर उचाइमा निर्माणाधीन सो खेल मैदानमा आवश्यक पूर्वाधार निर्माणलाई निरन्तरता दिन महानगरले सो रकम विनियोजन गरेको हो । 

उच्च पर्वतीय खेल मैदान निर्माण गरी खेल पर्यटनको विकास गर्ने योजनासहित महानगरले चालु आवदेखि काम शुरु गरेको हो । महानगर युवा परिषद् तथा खेलकूद विकास समिति गठन र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ ।  त्यसैगरी ‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै टोल तथा उद्यानहरुमा खुला व्यायामशाला निर्माण गर्ने कार्यलाई निरन्तरता दिँदै १० स्थानमा व्यायाम सामग्री जडानको लागि बजेट व्यवस्था गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।

महानगरले पोखराको गौरवको रुपमा स्थापित ‘पोखरा म्याराथन’ तथा उत्कृष्ट वर्ष खेलाडी छनोट गरी अवार्ड प्रदान गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको जनाएको छ । खेलकूद पत्रकार मञ्चले आयोजना गर्ने सो अवार्डका लागि महानगरले पहिलोपटक बजेट व्यवस्था गरेको हो ।

माछापुछ्रे गाउँपालिकाले युवा तथा खेलकूद मन्त्रालय र अखिल नेपाल फुटबल सङ्घ(एन्फा) को समन्वयमा गाउँपालिकाको वडा नं ६ भेडाबारीमा एन्फाको टेक्निकल सेन्टर निर्माणका लागि आवश्यक सहजीरकण गर्ने भएको छ । माध्यमिक विद्यालयस्तरीय खेलकूद प्रतियोगिता (राष्ट्रपति रनिङ शिल्ड) निरन्तरता दिँदै गाउँपालिकाको एक महत्वपूर्ण खेलकूद उत्सवको रुपमा मनाइनका लागि रु १० लाख छुट्याएको छ ।

‘एक स्थानीय तह, एक खेल ग्राम’ कार्यक्रमअन्तर्गत सङ्घीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा वडा नं ४ निर्माण भइरहेको स्थानीय स्तरको रङ्गशालामा आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताउनुभयो ।

त्यसैगरी नौ वडा रहेको माछापुछ्रेमा ‘एक वडा, एक खेलकूद मैदान’को अवधारणालाई क्रमशः कार्यन्वयन गरिंदै लगिने उल्लेख छ । रुपा गाउँपालिकाले सङ्घीय सरकारसँगको सहकार्यमा निर्माणाधीन स्तरीय प्यारापिटसहितको रङ्गशाला आगामी वर्षभित्रमा सम्पन्न गर्न जोड दिएको छ । 

गाउँपालिकासँगको सहकार्यमा निर्माणाधीन सो रङ्गशाला आगामी वर्षभित्रमा सम्पन्न गरिने र गाउँपालिकाभित्रका सबै वडामा खेल मैदान बनाउने कार्यक्रमलाई बजेटमा निरन्तरता दिइएको अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिकाले खेलकूद पूर्वाधार संरचनाको निर्माणलाई बजेट कार्यक्रमको प्राथमिकतामा राखेको छ । युवा तथा खेलकूद मन्त्रालयको सहकार्यमा वडा नं २ मा अवस्थित माछापुच्छ«े माविको खेल मैदानलाई गाउँपालिकाले स्थानीय स्तरको खेलग्राम (रङ्गशाला)को रुपमा विकास गर्ने गरी आवश्यक काम अघि बढाईएको जनाएको छ ।

युवा क्लब तथा विभिन्न सामाजिक सङ्घ संस्थाको संस्थागत क्षमता अभिवृद्धि एवं खेलकूद पूर्वाधार संरचनाको निर्माणलाई बजेट कार्यक्रममा समावेश गरिएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले बताउनुभयो । मादी गाउँपालिकाले विभिन्न खेलकूद प्रतियोगिता आयोजना, सहयोग तथा युवा, खेलकूद र संस्कृति संरक्षण शीर्षकमा रु १७ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष विष्णुमायाँ आचार्यले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले