2026-09-12 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिलाठी कोइलाडी गाउँपालिकामा ‘नौला कार्यक्रम’

असार १३, सप्तरी | सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्यले ‘हमहु जेबै स्कूल’ (म पनि जान्छु विद्यालय) कार्यक्रम ल्याएको छ । तिलाठी कोइलाडी गाउँपालिकाद्वारा आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रममा ‘हमहु जेबै स्कूल’ जस्ता आधा दर्जन फरक तथा नौलो कार्यक्रम समावेश गर्दै नीति तथा कार्यक्रम ल्याएको हो । 

गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले शिक्षाको ज्योतिबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर ‘हमहु जेबै स्कूल’ कार्यक्रम ल्याएको जानकारी दिनुभयो । चार पटक गर्भ जाँच गराई स्वास्थ्य संस्थामा प्रसूति भई ३५ दिनभित्र बच्चाको जन्म दर्ता गराउने महिलालाई प्रोत्साहन गर्न ‘आमा सम्मान’, गाउँपालिकाले युवालाई विदेश पलायन हुनबाट रोक्न ‘युवाका लागि सीप’, र ‘अध्यक्ष हाम्रो मित (मित्र)’ जस्ता नयाँ कार्यक्रम ल्याएको छ । यस्ता कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरिएको अध्यक्ष सिंहको भनाइ छ । 

चट्याङबाट वर्षेनी हुने जनधनको क्षति न्यूनीकरणका लागि सबै आठवटै वडा कार्यालय र १० वटा विद्यालयमा ‘चट्याङ प्रतिरोधी’ प्रणाली जडान कार्यक्रम पनि गाउँपालिकाले ल्याएको छ । जलवायु परिवर्तनका कारण हुने गरेको वातावरणीय क्षति कम गर्न ‘एक सन्तान, एक रुख’, विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गराउन ‘अभिभावक जागौँ’ तथा गाउँपालिकाका हरेक नागरिकलाई साक्षर बनाउन ‘साक्षर बनौँ र बनाऔँ’ लगायतका कार्यक्रम गाउँपालिकाले ल्याएको छ । 

यस्तै स्थानीयस्तरमै कृषकको समस्या समाधान गर्न प्रत्येक वडामा ‘प्लान्ट क्लिनिक’ तथा पशुपालन गर्न चाहने कृषकका लागि ‘निब्र्याजी ऋण’ कार्यक्रम ल्याएको छ । आगामी आर्थिक वर्षका लागि रु ३८ करोड ५३ लाख २४ हजार ५६० को बजेट पारित गरेको गाउँपालिकाले बाढी नियन्त्रण, पूर्वाधार निर्माण, संरचना विकास, सडक निर्माण, खेलकूद, शिक्षा, कृषि, स्वास्थ्य, खानेपानीजस्ता योजनालाई समेत उच्च प्राथमिकतामा राखेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु झाले जानकारी दिनुभयो । गाउँपालिकाले प्रत्येक वडामा समान रु ६५ लाखको दरले बजेट विनियोजनसमेत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन