2026-09-13 08:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरा महानगरमा १९ किमी सडक कालोपत्रे, ७० किमी ग्राबेल

असार १५, कास्की। भौगोलिक रूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ मा महानगरभित्र १९ किमी सडक कालोपत्रे गरिएको जनाएको छ । महानगर प्रमुख मानबहादुर जिसीले पूर्वाधार विकासतर्फ पहिलो प्राथमिकताका सडक र समपुरक अनुदान बजेटबाट गरी १९ किमी सडक कालोपत्रे गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो प्राथमिकताका १२ सडकमा १३ किमी सडक कालोपत्रे र ६० किमी बाटो ग्राबेल भएको छ । त्यसैगरी समपूरक अनुदान बजेटबाट १० किमी ग्राबेल र छ किमी कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ ।

चालु वर्षमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको महानगरले विभिन्न सडकलाई प्राथमिकताका आधारमा विभाजन गरेको थियो । हालसम्म ७० किमी ग्राभेल, नौ दशमलव ११ किमी बाटो ढलान, १२ किमी बाटो स्तरोन्नति, तीन दशमलव पाँच किमी नाला निर्माण, ४१ दशमलव पाँच किमी खानेपानी पाइपलाइन विस्तार गरिएको महानगरले जनाएको छ ।

त्यसैगरी ‘मेयर नमूना सडक’ अन्तर्गत वडा नं १७ को बिरौटादेखि तीनकुनेसम्म (आरटिओ) सडक र वडा नम्बर १० को राममार्ग सडक निमार्ण भइरहेको बताएको छ । महानगरले पहिलो प्राथमिकतामा राखेका सडकलाई चालु वर्षमा रु ७२ करोड ४० लाख ३८ हजार बजेट विनियोजन गरी यसै वर्ष सम्पन्न गर्ने लक्ष्य राखेको थियो । ती सडकमा हालसम्म ६० प्रतिशत भौतिक र ४८ दशमलव छ प्रतिशत वित्तीय प्रगति भएको बताइन्छ ।

मुख्य शहरी सडकको स्तरोनन्ति गर्ने क्रममा महानगर, पूर्वाधार कार्यालय कास्की र सडक विभागसँगको सहकार्यमा रु ४० करोड लागतमा ‘अस्फाल्ट कङ्क्रिट’ गर्नका लागि आवश्यक प्रक्रिया सम्पन्न भएर काम शुरु हुने चरणमा रहेको बताइन्छ । आव २०७६/७७ मा आठवटा मोटरेबल पुलमध्ये वडा नं १६ को घोरकुना मोटरेबल, वडा नं १९ को भोटीखोला मोटरेबल पुल सम्पन्नको चरणमा पुगेका र अन्य पुलको भूमिगत संरचना तयार भएको छ ।

सिर्जना चोकस्थित आकाशे पुलको फाउन्डेसनको काम सम्पन्न भई स्टिल फ्रेब्रिकेसनको काम भइरहेको महानगरले जनाएको छ । भौतिक पूर्वाधारमा थप गुणस्तरीयता कायम गर्न सडक विज्ञको रुपमा छुट्टै प्राविधिक व्यवस्था गर्नुका साथै निर्माण सामग्रीको गुणस्तर कायम गर्नका लागि आफ्नै गुणस्तर मापन प्रयोगशाला सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले