2026-11-02 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश नं ५ मा ४७ प्रतिशत रोपाइँ सम्पन्न, कुन जिल्लामा कति रोपाइँ ?

असार १५, रुपन्देही । प्रदेश नं ५ मा यस वर्ष ४७ दशमलव ०५  प्रतिशत रोपाइँ गरिएको छ ।  कृषि विकास निर्देशनालयका अनुसार समयमै वर्षा भएका कारण यस वर्ष प्रदेशका सबै जिल्लामा धमाधम रोपाइँ भइरहेको छ । 

यस वर्ष सबैभन्दा धेरै नवलपरासीमा ८४ दशमलव ०६ प्रतिशत र सबैभन्दा कम गुल्मीमा १९ दशमलव ६१ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयका सहायक सूचना अधिकृत अनिलकुमार कानु बनियाँले जानकारी दिनुभयो । यही असार १५ गतेसम्म रुपन्देहीमा ५६ दशमलव २९, पाल्पामा २१ दशमलव ९, अर्घाखाँचीमा २७ दशमलव ९२, कपिलवस्तुमा ४० र  दाङमा २६ दलमलव ७६ प्रतिशत रोपाइँ भएको छ । यसैगरी बाँकेमा ३७ दशमलव ९६, बर्दियामा ५४ दशमलव ८२ प्रतिशत र  रुकुम(पूर्व)मा  ७३ दशमलव ०५, प्युठानमा ९६ दशमलव १३  र रोल्पामा ५८ दशमलव ६३ प्रतिशत रोपाइँ सकिएको सहायक सूचना अधिकृत बनियाँले बताउनुभयो ।

प्रदेशमा गत वर्ष तीन लाख एक हजार २८० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा  १२ लाख ५३ हजार ८९ मेट्रिक टन उत्पादन भएको थियो । प्रदेश सरकारले धान उत्पादन वृद्धि गर्न विभिन्न जिल्लालाई धान सुपर जोनका रुपमा घोषणा गरी कार्यक्रम लागू गरेको छ ।

तिलोत्तमामा रोपाइँ महोत्सव

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आज १७ औं राष्ट्रिय धान दिवस एवम रोपाइँ महोत्सव मनाएको छ ।  वडा नं ६ स्थित नगरपालिकाको नवनिर्मित भवन परिसर खेतमा धान दिवस मनाइएको हो । दिवसका अवसरमा नगरपालिकाको आफ्नो झण्डै चार बिघा खेतमा धान रोपाइँ गरिएको संयोजक एवं वडा नं  ६ का वडाध्यक्ष सुखदेव न्यौपानेले जानकारी दिनुभयो ।

रोपाइँ महोत्सवमा नगर प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी चौधरीलगायत जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, अगुवा किसानसमेतको सहभागिता थियो ।  रोपाइँका लागि वडागत रुपमा प्लट विभाजन गरिएको र  जनप्रतिनिधिहरु बिहानै खेतमा जुटेर उत्साहित भई धान रोपाइँमा सहभागी भएका थिए । 

नगरपालिकाले धानको सम्पूर्ण व्यवस्थापन आफँै गर्नेग री रोपाइँ गरेको हो । यसअघि सो खेतमा मकै तथा गहुँ खेती गरिएको थियो । कार्यक्रममा नगर प्रमुख घिमिरेले तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई बढी प्राथमिकता दिएको उल्लेख गर्दै  किसानलाई प्रोत्साहन गर्न विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरिँदै आएको बताउनुभयो । वडाध्यक्ष न्यौपानेले रोपाइँमा सहयोग पुर्याउने क्लब, कुलापानी समितिलगायत सबैप्रति आभार व्यक्त गर्नुभयो ।

यसैबीच तिलोत्तमामा कयौंँ वर्षदेखि बाँझो रहेको जमीनमा यस वर्ष धान रोपाइँ भएको छ । नगरपालिकाले खेतीयोग्य बाँझो जमीनमा जग्गाधनी आफँैले खेती नगरे वा नगराए सँधियार वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेपछि बाँझो रहने जग्गामा रोपाइँ भएको हो ।

कुल खेतीयोग्य जमीन आठ हजार ४४९ मध्ये ८४५ हेक्टर जग्गा बाँझो रहने गरेकामा अहिले त्यसको झण्डै ६० प्रतिशतमा रोपाइँ भएको कृषि शाखाको तथ्यांक छ । यस वर्ष जेठ दोस्रो सातादेखि तिलोत्तमामा रोपाइँ शुरु भएकामा असार दोस्रो सातासम्म झण्डै ९० प्रतिशत खेतमा रोपाइँ सकिएको छ ।

बन्दाबन्दीका कारण नगरवासी फुर्सदिला रहँदा धान रोपाइँ विगत वर्षभन्दा यस वर्ष छिटो सकिने कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिनुभयो ।  नगरपालिकाले कोरोना महामारीले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावसँग जुध्न खेतीयोग्य जमीन बाँझो नराख्ने निर्णय गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द