2026-09-19 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चाँगुनारायण नगरपालिकाद्वारा बृहत् वृक्षरोपण अभियान

असार १६, भक्तपुर । सामुदायिक वनलाई स्थानीय बासिन्दा र नगरपालिकाको आम्दानीको स्रोत बनाउन चाँगुनारायण नगरपालिकाले जडीबुटी र फलफूलका ५० हजार वृक्षरोपण गरेको छ । वनलाई विकास, सम्बृद्धि र स्थानीयको जीवनस्तर उकास्ने गरी आयश्रोतसँग जोड्ने उद्देश्यले यहाँका ती वनमा वृहत् वृक्षरोपण अभियान सुरु गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।

सो नगरपालिका क्षेत्र भित्रका विभिन्न सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा भएको वृक्षरोपणमा आयमुलक प्रजातिका विरुवा रोपिएको उहाँले बताउनुभयो । रु ३३ लाखको बिरुवा खरिद गरिएको र डिभिजन वन कार्यालय भक्तपुरको प्राविधिक सहयोग गरेको थियो । 

कागती, टिमुर, तेजपात, अम्रिसो, एभोकार्डो, लोठसल्ला लगायतका प्रजातिका बिरुवा रोपिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले जानकारी दिनुभयो । नगरक्षेत्रका बिभिन्न सामुदायिक वनमा थप पाँच हजार लालीगुराँस, जडीबुटी र फलफुलका बिरुवा रोप्ने तयारी भैरहेको उहाँले जानकारी दिनुभयो । 

नगरपालिकाले कबुलियत अवधारणा अन्तर्गत वडा नं. ६ को गंगादेवी, कालिका र वडा नं. ८ को बहाल सामुदायिक वनमा वृक्षरोपण अभियान सञ्चालन भइरहेको छ । रोपिएका बिरुवाबाट हुने सम्पूर्ण आम्दानीको पाँच प्रतिशत वन उपभोक्ता समूहलाई, १० प्रतिशत नगरपालिका बुझाउनु पर्ने र बाँकी ८५ प्रतिशत आम्दानी सम्बन्धित व्यक्ति वा समूहले लिने व्यवस्था गरिएको छ ।

प्रत्यक्ष रुपमा व्यक्ति र समूहलाई जोडेर आम्दानी गर्ने भएकाले वृक्षरोपण अभियानलाई सार्थक रुप दिई वन जोगाउने अभियानमा टेवा पुग्ने विश्वास गरिएको छ । वृक्षरोपण कार्यक्रममा गंगादेबी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष धनबहादुर तामाङ्गले १८ देखि २० जनासम्म स्थानीयको समूहमा १२ वटा ब्लक बनाएर दुई दिनदेखि वृक्षरोपण गरिरहेको बताउनुभयो ।

स्थानीयलाई काठ, दाउरा भन्दा आम्दानी र जीवनस्तर उकास्ने गरी नगरपालिकाले सुरु गरेको अभियानले टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई