२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अघि बढ्न सकेनन् प्रदेश गौरवका योजना

२०७७, २२ असार सोमबार ०८:५२

असार २२, बैतडी। बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक योजना अझै अगाडि बढ्न सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको सो योजना चालू आर्थिक वर्षमै निर्माण शुरु गर्ने गरेर बजेट विनियोजन भएको  थियो ।  स्तरोन्नतिका लागि बल्ल निर्माण कम्पनीको छनोट भएको छ ।

सतबाँझ श्रीभावर खण्डका पाँच किमी र श्रीभावर हाट खण्डमा आठ किमी कालोपत्र गर्न सम्झौता तयारी भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिनुभयो । ती दुवै प्याकेजमा चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनी छनोट भइसकेको र केही दिनभित्रै सम्झौता भएर काम अघि बढ्ने छ उहाँले भन्नुभयो, “तीन वर्षभित्र कामसक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता हुन लागेको हो ।” 

सतबाँझदेखि श्रीभावर खण्डमा १० करोडमा श्रीभावरदेखि हाट खण्डमा १४ करोडमा ठेक्का सम्झौता हुन लागेको हो । गत माघदेखि सो सडक कालोपत्र गर्नका लागि प्रक्रिया शुरु भए पनि लकडाउन र अन्य कारणले काममा ढिलाइ भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ठेक्का सम्झौता भएपछि यस महिनाको अन्तिमबाट काम शुरु हुन्छ ।” 

तत्कालीन जिल्ला विकास समितिले २०५५ सालमा ट्र्याक ओपन गरेको सो सडक दुई दशकपछि प्रदेश सरकारको गौरवको योजनामा परेको छ । अब सडक निर्माणले तीव्रता पाउने जिल्ला विकास समितिका पूर्वसभापति परमानन्द भट्टले जानकारी दिनुभयो । सो सडक जिल्लाको सामरिक महत्वको रहेको उहाँको भनाइ छ । जिल्लाका तीन स्थानीय तह एकआपसमा सडक सञ्जालमा जोडिने छन् भने दार्चुलासँग पनि जोडिनेछ । अहिले सतबाँझदेखि सुर्नया गाउँपालिका वडा नं ६ सम्म यातायात सञ्चालनमा रहेको छ । यसैगरी श्रीभावरदेखि हाटसम्म पनि यातायात सञ्चालनमा छ ।

यस्तै पूर्वाधार विकास कार्यालयमार्फत दार्चुलामा पनि प्रदेश गौरवको योजनाका रुपमा रहेको खलङ्गा–खार–पारीबगर—खण्डेश्वरी सडक निर्माण भइरहेको छ । सो सडकमा  अहिले १८ किमी कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भइसकेको छ । खलङ्गादेखि खार खण्डमा नौ किमी पारीबगरदेखि खण्डेश्वरी खण्डमा नौ किमी कालोपत्रका लागि ठेक्का सम्झौता भएर काम अघि बढ्ने तयारी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख जोशीले भन्नुभयो, “यो सडकमा पनि ढिलोगरी नै काम शुरु भएको छ । गत माघदेखि मात्रै प्रदेशका गौरवका योजनामा प्रक्रियाको काम शुरु भएको हो ।”  

बैतडीको तल्लोसोराड जोड्ने मुख्य सडकका रुपमा रहेको पाटन–पञ्चेश्वर सडकमा कालोपत्र गर्न रोकिएको छ । लकडाउनका कारण स्याडीगाडदेखि लामालेकसम्मको कालोपत्र गर्न रोकिएको निर्माण कम्पनीले जनाएको छ ।

पाटन–पञ्चेश्वर सडक कालोपत्र गरिरहेको सिएबी जेभी ग्वाल्लेकका प्रबन्ध निर्देशक सुरेश चन्दले कालोपत्र गर्ने समयमा लकडाउन भएका कारण कालोपत्रको काम अघि बढ्न नसकेको जानकारी दिनुभयो । चैतदेखि जेठ महिनासम्म कालोपत्रका लागि उपयुक्त समय भए पनि सोे समयमा लकडाउनका कारण काम गर्न नपाएको हो । उहाँले भन्नुभयो, “लकडाउनकै कारण सडकमा काम गरिरहेका कामदारलाई फिर्ता पठाउनु प¥यो ।”  

यस वर्ष २० किमी सडक कालोपत्र गर्ने लक्ष्य रहेको भए पनि  काम अब एक वर्षपछि धकेलिएको छ । पाटन पञ्चेश्वर सडकलाई स्तरोन्नति गर्ने कार्यअन्तर्गत मेलौलीदेखि कुलाउसम्म पनि कालोपत्र गर्नका लागि टेण्डर आह्वान हुने तयारी भएको  कार्यालयका प्रमुख जोशीले बताउनुभयो । लकडाउनका कारण केही ढिलो भए पनि सो कार्य अघि बढ्ने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी