बाँकेको किरणनालामा ट्रस पुल निर्माण

साझासवाल
1 Min Read

<p><b>असार २४, राँझा ।</b> बाँकेको खजुरा गाउँपालिका वडा नं ४ स्थित किरणनालामा ट्रस पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ । खजुराबजारबाट सिर्जना टोल र डिगाउँ जाने मुख्य सडकमा जीर्णावस्थामा रहेको काठको पुललाई हटाएर २२ मिटर लम्बाइ र २ मिटर ३० सेन्टिमिटर चौडाइ रहेको फलामे ट्रस पुल रु १६ लाखमा&nbsp; निर्माण गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।&nbsp;<br></p><p>आर्थिक वर्ष २०७६/०७७ मा वडा कार्यालयले उक्त पुलका लागि बजेट विनियोजन गरेको थियो । पुल निर्माण भएपछि सिर्जना टोल र डिगाउँसँगै जानकी गाउँपालिकाको बेलनियासँग जोडिएका केही टोल र गाउँका बासिन्दालाई आवतजावत गर्न र हल्का सवारी साधन चलाउन सहज भएको&nbsp; वडाध्यक्ष तिलकवीर सुनारले बताउनुभयो ।&nbsp;</p><p>उहाँका अनुसार&nbsp; पुल निर्माण भएपछि त्यस क्षेत्रका करीब दुई हजार पाँच सय जनसङ्ख्या लाभान्वित हुने भएको छ । जोखिमपूर्णावस्थामा रहेको काठको पुल जुनसुकै बेला पनि भत्किने अवस्थामा पुगेको थियो । वर्षौं काठको जीर्ण पुलबाट जोखिम यात्रा गर्दै आइरहेका बेलनियाबासीका लागि&nbsp; सो पुल वरदान बनेको त्यहाँका स्थानीय अगुवाको प्रतिक्रिया छ । स्थानीयवासी चन्द्रकेशर विकको संयोजकत्वमा ट्रस पुल निर्माण उपभोक्ता समिति&nbsp; गठन गरिएको थियो । रासस&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply