२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चाँगुनारायण नगरपालिकाले ५० करोड लागतमा सुविधासम्पन्न आफ्नै भवन निर्माण गर्ने

२०७७, २७ असार शनिबार ०७:४९

असार २७,भक्तपुर। चाँगुनारायण नगरपालिकाले सातौँ नगरसभाद्वारा पारित आर्थिक वर्ष २०७७/७८ को नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ । नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख सोमप्रसाद मिश्र र उपप्रमुख बिना बाँस्तोलाले पुस्तिका सार्वजनिक गर्नुभएको हो ।

 पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७७/७८ मा चाँगुनारायण नगरपालिकाले रु ५० करोड लागतमा सुविधासम्पन्न आफ्नै भवन निर्माण गर्ने भएको छ । वडा नं ५ घुमाउनेमा रहेको सार्वजनिक जग्गामा नगरपालिकाको भवन निर्माण शुरु गर्ने भएको नगरपालिकाका प्रवक्ता एव वडा नं ८ का वडाध्यक्ष परासर सापकोटाले जानकारी दिनुभयो । 

नगरपालिकाले सबै वडा जोड्ने फास्ट ट्रयाक, नयाँ सडकको ट्रयाक निर्माण, मुख्य सडकमा बत्तीको व्यवस्था गरी उज्यालो नगर बनाइने, सार्वजनिक जग्गा संरक्षण तथा वनपधेँरी बाँस्तोला गाउँमा झोलुङ्गे पुल, पर्यटन र सिँचाइका लागि बोजिनी ड्याम, चाँगुनारायण मन्दिरमा हजार सिँढी, भँगेरीडाँडामा अन्तर्राष्ट्रिय रङ्गशाला र एक वडा एक खेलमैदान निर्माण गरिने भएको छ । विदेशबाट फर्किएका र बेरोजगार रहेका युवावर्गलाई लक्षित गरी नगरपालिकाले ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालन गर्दै शून्य प्रतिशत ब्याजमा ऋण प्रवाह गर्ने भएको छ । ‘चाँगुनारायण उद्यमशीलता कोष’ खडा गरी ऋणका ब्याज नगरपालिकाले नै तिरिदिने गरी स्वरोजगार प्रवद्र्धन गर्ने भएको हो ।

नगरपालिकालाई विषादीमुक्त खाद्यवस्तुमा आत्मनिर्भर बनाउने, नगरस्तरीय शीतभण्डार निर्माण गर्ने, प्रत्येक वडामा कृषि उपज केन्द्र स्थापना गरिने, रोजगारमूलक कृषिमा अनुदान प्रदान गर्ने, खेतीमा जैविक मलको प्रयोग बढाउने, हरित चाँगुनारायणका लागि घरघरमा अनिवार्य फलफूलका बिरुवा रोप्ने कार्यक्रम शुरु गरिने भएको छ । 

सामुदायिक विद्यालयमा छात्राको शिक्षा र सुरक्षित भविष्य निर्माणमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम लागू गर्ने भएको छ । नगरप्रमुख मिश्रले यसबारेमा जानकारी दिँदै भन्नुभयो, “चाँगुका प्रत्येक छोरी अब कम्तीमा कक्षा १२ सम्म पढ्छिन्, छोरीले बीचमै स्कूल छाड्ने क्रम अब रोकिन्छ, यो रकमले छोरीको उच्च शिक्षासम्मको पहुँच वृद्धि हुन्छ, छोरीको विवाह २० वर्षपछि मात्रै हुन्छ, जसले बालविवाह रोक्छ ।”   

हरेकवर्ष बैंकमा वचत खाता सञ्चालन गरी नगरपालिकाले छात्राको नाममा रकम जम्मा गरिदिन यो वर्षका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । हाल ११ सय ४० छात्राहरु सामुदायिक विद्यालयमा पढिरहेका र यो कार्यक्रम पछि सङ्ख्या थपिने अपेक्षा गरिएको नगरप्रमुख मिश्रले बताउनुभयो । नगरपालिकाले आधुनिक एवं प्राबिधिक शिक्षालाई प्राथमिकतामा राख्ने, कोरोनाका कारण रोकिएको पढाईमा बैकल्पिक शिक्षाको व्यबस्था गर्ने, २०७८ मा कक्षा ७ र ८ मा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । 

पत्रकार सम्मेलनमा महिलाको समान पहुँचर विकासका लागि उपप्रमुखसँग महिला लक्षित कार्यक्रम,  अपाङ्गता, दलित, जनजाति, पछाडि परेका समुदाय लक्षित कार्यक्रम, बालश्रम मुक्त घरघरमा हरियो झण्डा अभियान, ऐतिहासिक सम्पदाको संरक्षण गरिने भएको नगरपालिकाका उपप्रमुख बिना वास्तोलाले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ