2026-09-19 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वाग्मती प्रदेशद्वारा तीन स्थानीय तहमा अस्पताल निर्माण

साउन ३, काभ्रेपलाञ्चोक। वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयमार्फत काभ्रेपलाञ्चोकका तीन स्थानीय तहमा अस्पताल निर्माण भइरहेको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका, चौँरीदेउराली गाउँपालिका र खानीखोला गाउँपालिकामा अस्पताल निर्माण थालिएको हो ।

तीन स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माण भइरहेको प्रदेशसभा सदस्य रत्न ढकालले बताउनुभयो । उहाँका अनुसार चौँरीदेउराली गाउँपालिका–५ भालुचौरमा निर्माण भइरहेको अस्पताल रु सात करोडको लागत निर्माण सम्पन्न हुनेछ । “भुकम्पप्रतिरोधी १५ श्यया क्षमताको अस्पताल निर्माण भइरहेको छ”, ढकालले भन्नुभयो ।

अस्पताल निर्माणपछि स्थानीयवासीलाई स्वास्थ्य सुविधाका लागि सदरमुकाम धाइरहनुपर्ने बाध्यता हुट्ने गाउँपालिका अध्यक्ष दिननाथ गौतमले बताउनुभयो । सुनकोशीपारीस्थित उक्त गाउँपालिकाको जनसङ्ख्या २० हजार ८२९ रहेको छ ।

यसैगरी, वाग्मती प्रदेशको क्रमागत बजेटबाट मण्डन देउपुर नगर र खानीखोलामा पनि १५ श्यया क्षमताकै अस्पताल निर्माण भइरहेको छ । खानीखोलामा करिब रु सात करोड तथा मण्डनदेउपुरमा रु १२ करोड ४५ लाख लाग्ने अनुमान गरिएको छ । अस्पताल सञ्चालनको प्रारम्भिक चरणमा एक चिकित्सकको नेतृत्वमा नर्सिङ सेवा, प्यारामेडिक तथा प्रयोगशालासमेतको सुविधा प्रदान गरिनेछ । मण्डनदेउपुर नगरपालिका–७ स्थित अस्पतालबाट छिमेकी सिन्धुपाल्चोकको केही स्थानीय तहका बासिन्दालाई समेत सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

वाग्मती प्रदेश सरकारमार्फत काठमाडौँ उपत्यकाबाहेक १० जिल्लाका सबै स्थानीय तहमा पाँचखेखि १५ श्ययाका अस्पताल निर्माण गर्ने योजना बनाइए पनि चालू वर्षदेखि केन्द्रीय सरकारमार्फत निर्माण हुने नीति बनाइएको सांसद गङ्गाबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार नयाँ नीतिअन्तर्गत हाल काभ्रेपलाञ्चोकका रोशी गाउँपालिका र महाभारत गाउँपालिकामा अस्पताल निर्माण थालिनेछ । 

सरकारले ‘सुखी नेपाली–समृद्ध नेपाल’ अभियानअन्तर्गत एक स्थानीय तह एक सुविधासम्पन्न अस्पताल निर्माण थालेको हो । सरकारले आव २०७७÷७८ का लागि प्रस्तुत बजेटमा सबै स्थानीय तहमा स्थापना हुने अस्पताल निर्माका लागि रु १४ अर्ब विनियोजन गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई