2026-09-13 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोलभेँडाबाटै मनग्य आम्दानी

वासुदेव पौडेल । साउन २२, गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुर रानीथोकका नारायणप्रसाद पौडेल र उहाँकी श्रीमती कमलाले व्यावसायिक कृषि थालेको आठ वर्ष पुगेको छ । कृषिप्रतिको लगावसँगै आयआर्जन राम्रो भएको त छ नै यतिखेर उहाँहरू अरुका लागि पनि अनुकरणीय बन्नुभएको छ । रोजगारीको खोजीमा भौँतारिएका युवा वर्गका लागि यहीँ बसेर केही गर्न सकिन्छ भन्ने दरिलो उदाहरण बनेका उहाँहरूले यामअनुसारका तरकारीसँगै पछिल्ला समयमा बजारमा राम्रो माग बढिरहेका किवी, भुइँस्याउजस्ता फलफूलको खेतीसमेत थाल्नुभएको छ ।

कृषिको आधुनिकीकरणमा ध्यान दिँदै करिब दुई रोपनी क्षेत्रफलमा टनेल निर्माण गरी त्यहाँ लगाइएका गोलभेँडाले राम्रो उत्पादन दिन थालेको र त्यहीअनुरूप बजारको माग बढेपछि आफूहरूमा अझै उत्साह बढेको कृषक नारायणप्रसादले बताउनुभयो । आफ्नो १७ वर्षसम्मको विदेश बसाइका क्रममा कृषि क्षेत्रका देखाइभोगाई समेतलाई व्यावसायिक कृषिमा उपयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

“विदेशको बसाइका क्रममा पनि त्यहाँबाट विभिन्न जातका बीउ ल्याएर लगाउने गरेका थियौँ”, उहाँले भन्नुभयो, “कतारबाट ल्याएको बीउबाट तयार गरिएका बिरुवामा एउटै गोलभेँडा झण्डै आधा किलोसम्म फल्न थालेको छ ।” पौडेल दम्पतीले एक रोपनी क्षेत्रफलमा किवीखेती पनि शुरु गर्नुभएको र यसै वर्षदेखि फल्न थालेको छ ।

नारायणप्रसादकी श्रीमती कमलाका अनुसार आठ वर्षअघिसम्म यो ठाउँमा गोलभेँडा लगाउनेभन्दा सबै हाँस्ने गर्दथे । शुरुमा आफूसहित चार महिलाले आँट गरेर गोलभेँडा लगाएको र त्यसबाट राम्रो उत्पादन भएपछि यहाँका धेरै सर्वसाधारणले यतिखेर यसको खेती थालेका छन् । जीवनोपयोगी कृषक समूह गठन गरी पहिलो वर्ष चार जनाबाट शुरु गरिएको गोलभेँडा खेती राम्रो उत्पादन भएसँगै दोस्रो वर्ष यहाँका २० घरपरिवारले घरघरमा गोलभेँडा लगाएको उहाँले जानकारी दिनुभयो ।

गोलभेँडाबाटै वार्षिक रु डेढदेखि दुई लाखसम्म आम्दानी हुने गरेको जानकारी दिँदै उहाँले व्यावसायिक कृषिबाट घरपरिवारको दैनिकी सञ्चालनका साथै छोराछोरीको पठनपाठन राम्रैसँग चलेको जानकारी दिनुभयो । उत्पादित गोलभेँडा एवं तरकारीको बजारलाई समस्या नभएको बताउँदै उहाँले टनेलबाट दुई दिनमा करिब ५० किलोसम्म बिक्री गर्ने गरेको उल्लेख गर्नुभयो । उत्पादित तरकारी खोज्दै ग्राहक डोको लिएर घरघरमै आउने गरेको उहाँको भनाइ छ ।

पौडेलको बारीमा गोलभेँडाका साथै यामअनुसार काउली, बन्दा, आलु, साग, घिरौँला, लौका, काँक्रा आदिको पनि राम्रो उत्पादन हुने गरेको छ । व्यावसायिक कृषिमा लागेको आठ वर्ष पुगे पनि पौडेल दम्पतीले हालसम्म राज्यबाट कुनै सेवा सुविधा भने पाउनुभएको छैन । परम्परागत कृषिमा पनि पाउँदुर वर्षौँदेखि आफ्नो पहिचान बनाएको ठाउँ हो । विगतमा कोदोको राम्रो उत्पादन हुने स्थानका रूपमा यसले छुट्टै पहिचान बनाएको थियो ।

अनिकालका समयमा पनि पाउँदुरे कोदो कास्कीका विभिन्न स्थानमा पुग्ने गरेको र त्यही कुरामा आधारित भई ‘दुःखको पाउँदुर’ भन्ने उखान प्रचलनमा रहेको पाइन्छ । पहिला–पहिला एउटै घरमा वार्षिक सात–आठ मुरीसम्म कोदो उत्पादन हुने गरेको भए पनि पछिल्ला समयमा जनशक्तिको अभाव, कोदो खेतीप्रतिको अनिच्छालगायतका कारण कोदोखेतीप्रतिको आकर्षण घट्दै गएको छ ।

“पहिला कोदोको उत्पादन राम्रै हुन्थ्यो त्यस समयमा ढिँडो, रोटी खाँदा पनि लुकाएर खानुपर्ने अवस्था थियो”, पौडेलले भन्नुभयो, “अहिले उत्पादन एकदमै कम छ, कोदोको माग दिनानुदिन बढ्दो छ ।” कृषिप्रतिको व्यावसायिकता बढेसँगै पछिल्लो समयमा महिला क्षमता अभिवृद्धि कार्यक्रममार्फत यहाँका १४ महिला मिलेर सामूहिक कुरिलो खेती थालेका छन् । यसै वर्षदेखि कुरिलोले राम्रो उत्पादन दिन थालेको कमलाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले