2026-09-19 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाह्रबिसे–तातोपानी सडक अवरुद्ध, आयात निर्यात ठप्प

साउन ३२, चौतारा। बाढीपहिरोले अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडक अवरुद्ध भएपछि तातोपानी भन्सार यार्डमा रहेका मालबाहाक कन्टेनर रोकिनुका साथै आयात निर्यात ठप्प भएको छ । 

व्यापारिक तथा औषधिजन्य सामग्रीका १५÷२० वटा मालबाहाक कन्टेनर लामो समयदेखि सुख्खा बन्दरगाहमै रोकिएको भन्सार कार्यालयले जनाएको छ । कोभिड – १९ सङ्क्रमण रोकथामको लागि चीनको न्यालम जिल्लाले छिमेकी जिल्ला सिन्धुपाल्चोकलाई सहयोगस्वरुप हस्तान्तरण गरिएका औषधिजन्य सामग्री भन्सारमै रोकिएका छन् । गत असार २४ गतेको बाढीपहिरोले बाह्रबिसेदेखि तातोपानी को २६ किलोमिटर खण्डमा पर्ने दर्जैनांै ठाउँमा क्षति पु¥याएको थियो । सोही समयमा पनि चिनियाँ भू–भागमा पनि ठाउँठाउँमा सडक बिग्रनुका साथै तिब्बत्को न्यालम जिल्लामा अवस्थित क्यारुङ च्छो ताल फुट्ने सम्भावना देखिएपछि चीनबाट सामान पठाउन बन्द गरिएको थियो । साथै मितेरी पुलमा कार्यरत सबै चिनियाँ कर्मचारी पनि उठेर गइसकेको भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बाढीपहिरो बन्द भएको उक्त सडक मर्मतपछि यही साउन १८ गतेदेखि सञ्चालनमा आए पनि पुनः अवरुद्ध भएको छ । हाल उक्त खण्डको डाक्लाङ र बुलकोटेमा सडक भास्सिएको छ । डाक्लाङमा करिब ३०० मिटर सडक पहिरोले बगाएको हुँदा दैनिक उपकरण लगाएर सफा गरे पनि पुनःबगाउने सडक डिभिजन कार्यालय दोलखाका प्रमुख डिई विजयकुमार महतोले बताउनुभयो ।

सडक अवरुद्ध भएपछि सयांै मालबाहक कन्टेनर केरुङ हँदै रसुवागढी नाका भएर ल्यानुपर्दा ढुवानी भाडा बढी पर्नुका साथै भन्सार जाँचपासमा ढिलाइका कारण व्यापारी मर्कामा परेको नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घका अध्यक्ष अर्जुन सापकोटाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई