2026-11-02 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सीमामा राजश्व चुहावट नियन्त्रण समितिको बैठक

भदौ ७, बैतडी । बैतडीमा शनिबार राजश्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ ।  सीमानाका झुलाघाटमा सम्पन्न बैठकले अवैधरूपमा हुने चोरी निकासी नियन्त्रण गर्ने निर्णय गरेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, “सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप र राजश्व चुहावट नियन्त्रणबारे छलफल भएको छ ।”

बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा, सहायक प्रमुख जिल्ला अधिकारी नेगी, प्रहरी प्रमुख नारायणप्रसाद अधिकारी, सशस्त्र प्रहरी प्रमुख गणेशबहादुर शाह, महाकाली भन्सार कार्यालय झुलाघाटका प्रमुख सुभाष पौडेललगायतको सहभागिता थियो । 

बैठकमा सीमानाका बन्द रहेका बेला पनि अवैधरूपमा भइरहेको चोरी निकासी नियन्त्रणमा जोड दिइनेबारे छलफल भएको छ । झुलाघाटमा सशस्त्र प्रहरीको बिओपी स्थापनापश्चात अवैध निकासी नियन्त्रण गर्न सहज भएको बताइएको छ ।  गत चैत ११ गतेदेखि लकडाउन भएकाले सीमानाका पनि बन्द रहेका छन् । 

सीमानाका बन्द रहेका बेला पनि भारतीय सामग्री आयात भइरहेको पाइएको छ । प्रहरी र सशस्त्र प्रहरीले लकडाउनकै बेला पनि अवैध सामग्री बरामद गरिसकेको छ । सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्न र राजश्व चुहावट नियन्त्रण गर्न बैठक फलदायी रहेको बताइएको छ ।  

सदरमुकाम क्षेत्र सुनसान 

गएको तीन दिनदेखि बैतडी सदरमुकाम क्षेत्र सुनसानजस्तै बनेको  छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै दशरथचन्द नगरपालिकाले नगरक्षेत्रमा भदौ ४ गतेदेखि लकडाउन गरेको हो । भदौ १५ गतेसम्म हुने लकडाउन अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द रहने नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो । नगरक्षेत्रभित्र औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न दिइएको छ । यस्तै नगर क्षेत्रभित्रका बैंकलाई आइतबार, मङ्गलबार र बिहीबार हप्ताको तीन दिन मात्रै खुला राखिनेछ । 

यसैगरी गौरापर्वलाई मध्यनजर गरी दैनिक उपभोग्य सामग्रीका पसल, सिलाइ पसल र कपडा पसल बिहान ७ देखि १० बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म मात्रै खुला राखिएका छन् । यस्तै धार्मिकस्थलमा नित्य पूजाबाहेक भीडभाड हुने खालका सबै जात्रा, मेला स्थगन गरिएका छन् भने चाडपर्व आफ्नै घरभित्रै मनाउन आग्रह गरिएको छ । नगर क्षेत्रभित्र सबै प्रकारका भेला, गोष्ठी, तालिम, बैठक र सेमिनारमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । यस्तै नगरपालिका र ११ वटै वडा कार्यालयले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएका छन् । नगरपालिकाले गरेको निर्णयको कसैले उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही हुने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द