साउन १२, पर्सा । आर्थिक वर्ष २०७१/७२ को तुलनामा आव २०७२/७३ मा वीरगन्ज नाकाबाट हुने आयात निर्यातमा ३७८ प्रतिशतले व्यापार घाटा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, पर्सा । आर्थिक वर्ष २०७१/७२ को तुलनामा आव २०७२/७३ मा वीरगन्ज नाकाबाट हुने आयात निर्यातमा ३७८ प्रतिशतले व्यापार घाटा "/>
2026-06-20 09:36 PM
अर्थ/विकास

आर्थिक वर्ष २०७२/७३ मा वीरगन्ज नाकाबाट पौने दुई खर्ब व्यापार घाटा

साउन १२, पर्सा । आर्थिक वर्ष २०७१/७२ को तुलनामा आव २०७२/७३ मा वीरगन्ज नाकाबाट हुने आयात निर्यातमा ३७८ प्रतिशतले व्यापार घाटा बढेको छ । 

आव २०७१७२ मा एक हजार ५५२ प्रतिशत रहेको व्यापार घाटा आव २०७२/७३ मा २७८ प्रतिशतले वृद्धी भई एक हजार नौसय ३० प्रतिशतमा पुगेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । तथ्याङ्कअनुसार आव २०७१/७२ मा वीरगन्ज नाका प्रयोग गरी रु तीन खर्ब २३ अर्ब आठ कारोड ७८ लाखको सामान आयात तथा रु २० अर्ब ८० करोड ९७ लाखको निर्यात भएको थियो । 

आव २०७१/७२ मा वीरगन्ज नाकाबाट हुने आयात निर्यामा रु तीन खर्ब दुई अर्ब २७ करोड ८१ लाख व्यापार घाटा भएको कार्यालयले जनाएको छ । 

यसैगरी गत आवमा वीरगन्ज नाकाबाट रु एक खर्ब ८५ अर्ब ८४ कारोड १३ लाखको विभिन्न सामान आयात तथा रु नौ अर्ब ६२ करोड ८७ लाखको निर्यात भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए । 

सो नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकबाट दुई हजार ३०० बढी प्रकारका बस्तु आयात हुने गरेका छन नेपालबाट भारत तथा तेस्रो मुलुकका लागि निर्यात हुने बस्तुको सङ्ख्या १०० भन्दा कम रहेको छ । नेपालका लागि आवश्यक ७० प्रतिशत पेट्रोलियम पदार्थ र ६० प्रतिशत खाद्यान्न लगायतका बस्तु वीरगन्ज नाकाबाटै आयात हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ