कमल रावल | साउन १२ अछाम | वर्षभरीको कार्यसम्पादन मुल्याँकनमा जिल्ला शिक्षा कार्यालय अछाम सुदूरपश्चिममै उत्कृष्ट भएको छ । जिल्ला शिक्षा कार्यालयहरुको क्षेत्रीय स्तरको समिक्षा गोष्ठीको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | साउन १२ अछाम | वर्षभरीको कार्यसम्पादन मुल्याँकनमा जिल्ला शिक्षा कार्यालय अछाम सुदूरपश्चिममै उत्कृष्ट भएको छ । जिल्ला शिक्षा कार्यालयहरुको क्षेत्रीय स्तरको समिक्षा गोष्ठीको "/>
2026-10-14 04:58 AM
अछाम - ACM

शैक्षीक कार्यसम्पादनमा अछाम सुदूरपश्चिममै उत्कृष्ट

कमल रावल | साउन १२ अछाम | वर्षभरीको कार्यसम्पादन मुल्याँकनमा जिल्ला शिक्षा कार्यालय अछाम सुदूरपश्चिममै उत्कृष्ट भएको छ । जिल्ला शिक्षा कार्यालयहरुको क्षेत्रीय स्तरको समिक्षा गोष्ठीको अवसरमा जिल्ला शिक्षा कार्यालय अछामलाई सूदुरपश्चिममै उत्कृष्ट कार्य सम्पादन गरेकोमा अति उत्तम कार्यसम्पादनको मान्यता दिई सम्मानित गरिएको हो ।

क्षेत्रीय शिक्षा निर्देशनालयले धनगढीमा आयोजना गरेको क्षेत्रीय समिक्षा गोष्ठिको अवसरमा जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टलाई उत्कृष्ठ कार्यसम्पादनगरेको प्रमाणपत्र प्रदान गरि जिल्ला शिक्षा कार्यालय अछामलाई सम्मान गरिएको हो । केन्द्रिय स्तरमा गुणस्तर परिक्षण केन्द्रले कार्यसम्पादनका सूचकका आधारमा मूल्याँकन गरि अति उक्तम काम गरेको भन्दै सम्मान गरेको जिल्ला शिक्षा अधिकारी बिष्टले बताँउनुभयो । गत आर्थिक वर्ष ०७२÷७३ मा  जिल्ला शिक्षा कार्यालय अछामले शैक्षीक कार्यसम्पादनका सबै सूचकहरु पार गरी ९ वटै जिल्लामा सबैभन्दा उत्कृष्ठ अंक प्राप्त गरी अति उत्तम कार्यसम्पादनको प्रमाण्पत्र पाएको जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरिक्षक हरिदत्त जोशीले जाँनकारी दिनुभयो । जिशिका अछामले गत आवमा जिल्लामा अन्य संघ संस्था संगको समन्वयलाई मजबुत पारेको, आगामि दिनमा गर्ने रणनीतिहरु तय गरेको, शैक्षीक गुणस्तर सुधारका लागि एउटा मार्गचित्र तयार पारिएको र रणनीति तयार पारेकोले पनि मुल्याँकनमा समेत उत्कृष्ठ भएको जोशीले दावी गर्नुभयो ।  यस्तै वार्षिक कार्यक्रममा पनि कार्यसम्पादन समयमै सम्पन्न भएको माथिल्लो निकायलाई जाँनकारी गराएको तल्लो निकायसंगको समन्वयलाई मजबुत पारिएको जनाईएको छ । यस्तै सबैभन्दा ठुलो उपलब्धि बेरुजु फच्र्यौट पनि भएको जनाईएको छ । जिल्ला शिक्षा कार्यालय अछामले गत आर्थिक वर्ष ०७२÷७३ सम्ममा ८ करो ८७ लाख बेरुजु रहेकोमा ६ लाख बढी नगद असुल उपर गरेको र ५ करोड ५६ लाख बेरुजु फच्र्यौट गरेको कार्यालय प्रमुख जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले जाँनकारी दिनुभयो ।

आफु आईसकेपछि झण्डै ६४ प्रतिशत बेरुजु फच्यौट गरेको दावी गर्दै बालविकास केन्द्रलाई पनि ब्यावस्थित बनाँउन खोजेको र शैक्षीक गुणस्तर बृद्धिका लागि पनि अभियानको थालनी गरिसकेको जिशिअ बिष्टले बताँउनुभयो । क्षेत्रीय स्तरमा जिशिका अछाम कार्यसम्पादन मूल्याँकनमा प्रथम भएर थप हौसला समेत मिलेको उहाँको भनाई छ । यो सफलताका पछाडी जिलला स्थित शिक्षक, कर्मचारी, सञ्चारकर्मी, शिक्षा क्षेत्रमा क्रियाशिल एनजिओ आदिको सहयोगले बढि काम गरेको भन्दै जिशिअ बिष्टले सबैलाई धन्यवाद दिनुभएको छ । आगामि दिनमा पनि सबै संग सहकार्य समन्वय गरेर अगि बढ्ने र अछामको शैक्षीक गुणस्तरलाई मजबुत बनाँउन लागि पर्ने जिल्ला शिक्षा अधिकारी बिष्टले प्रतिबद्धता ब्याक्त गर्नुभयो । प्रत्येक वर्ष अन्तिम चौमासिकमा सबै जिल्ला शिक्षा कार्यालयहरुको वार्षिक कार्यसम्पादनको मूल्याँकन हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश