२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक प्रदेश एक युवा नवप्रवर्तन केन्द्रको शुरुआत

२०७७, ५ आश्विन सोमबार ०५:२४

असोज ५, काभ्रेपलाञ्चोक । राष्ट्रिय युवा परिषद्ले एक प्रदेश एक नेशनल यूथ इनोभेशन एण्ड इन्क्यूबेशन सेन्टर (राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र) स्थापनाको शुरुआत गरेको छ । परिषद्ले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत वाग्मती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लास्थित नमोबुद्ध नगरबाट केन्द्र स्थापनार्थ योजनाको काम शुरु गरेको हो । 

केन्द्र नमोबुद्ध नगरपालिका–८ आरुबारीचौरमा स्थापना हुने निर्णय भई कामको शुरुआत गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो । “प्राविधिकको उपयुक्त छनौटमा नमोबुद्ध नगरको आरुबारीचौर परेपछि सोही स्थानबाट केन्द्रको कामको शुरुआत भएको छ” उहाँले भन्नुभयो । उहाँका अनुसार केन्द्र स्थापनार्थ काभ्रेपलाञ्चोककै पाँचखाल नगरमा उपयुक्त जमिन नपाइएपछि नमोबुद्ध नगरमा खोजिएको हो । “केन्द्रका लागि शान्तिपूर्ण र स्वच्छ वातावरण चाहिन्छ”, ढुङ्गेलले भन्नुभयो । 

राष्ट्रियस्तरको यो केन्द्र क्रमैसँग एक प्रदेशमा एउटा स्थापना हुँदै जानेछ । परिषद्ले प्राविधिक कामका लागि धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरेको छ । ढुङ्गेलका अनुसार सात प्रदेशमा एक केन्द्र स्थापनापश्चात ‘विकासमा नयाँ प्रविधि’अन्तर्गत एक हजार युवालाई सहभागी गराइनेछ । उहाँले भन्नुभयो, “वार्षिक एक हजार युवाको ‘आइडिया’लाई स्क्रिनिङ गरी १०० युवाको आइडियालाई छनौट गरिनेछ, जसले युवाको सीप विकाससँगै नयाँ विज्ञान–प्रविधिको प्रयोगले देशको समग्र विकासमा फड्को मार्न प्रमुख भूमिका खेल्नेछ ।” नयाँ विज्ञान–प्रविधिको प्रयोगमा समग्र विकास नयाँ चरणमा प्रवेश गरेपछि युवाको विदेशिने क्रम न्यूनीकरण हुँदै जाने अपेक्षा गरिएको छ । 

पहिलो चरणमा केन्द्र स्थापनार्थ युवाकै सहभागितामा योजना बनाई ‘थ्रि–डी भिडियो’ मार्फत सातै प्रदेशमा यसबारे जानकारी गराइनेछ र कामको शुरुआत गरिनेछ । सतहत्तर जिल्लाका युवाको सभागितापश्चात् प्रत्येक जिल्लामै ‘स्क्रिनिङ’ केन्द्रको स्थापना गरिने ढुङ्गेलले बताउनुभयो । “स्क्रिनिङपछि पहिलो चरणमा राष्ट्रिय गौरवका ७७ योजना बन्नेछन् र १० वर्षमा त्यो लक्ष्य पूरा हुनेछ”, उहाँले भन्नुभयो । 

ढुङ्गेलका अनुसार प्रत्येक जिल्ला तथा प्रदेशस्तरमा स्क्रिनिङ र ल्याव प्रयोजनका लागि स्थानीय संस्था तथा विश्वविद्यालयसँग सहकार्य गरिनेछ भने स्थान विशेषका आधारमा आवश्यकताअनुसार भवन तथा अन्य भौतिक संरचना निर्माण हुनेछन् । परिषद्ले चालु आर्थिक वर्षमा योजना निर्माणको काम सक्ने र आगामी वर्षबाट भौतिक निर्माणको काम अघि बढाउने कार्यतालिका बनाएको छ । 

पहिलो केन्द्र स्थापनार्थ काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरले हाल ५२ रोपनी जमिन व्यवस्थापन गरेको छ । उक्त जमिनका सरोकारवालासँगको छलफलपछि आइतबार औपचारिकरूपमा केन्द्र स्थापनाको कामको शुरुआत गरिएको हो । “केन्द्रको काम शुरु भएकोमा निकै खुशी छौँ, केन्द्रले नगरसँगै समग्र राष्ट्रको विकासमा टेवा पुर्याउनेमा विश्वस्त छौँ”, नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले भन्नुभयो । उहाँले युवाको विकासका निम्ति नगरले अन्य सङ्घसंस्था र निकायसँगको साझेदारीमा रोजगारी प्रवद्र्धन, उद्यमशीलता विकासलगायतका क्षेत्रमा लगानी गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसका निम्ति थप जमिन आवश्यक परे व्यवस्थापन गर्नेछौँ ।” 

ढुङ्गेलले केन्द्र स्थापना गर्दा प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय उत्पादन, वन, जमिन, धार्मिक सम्पदा नै नवप्रवर्तनको क्षेत्र हो ।” केन्द्रमा नवीनतम सोच भएका सिर्जनशील युवाहरूले आफ्नो सोचलाई परिस्कृत गरेर उत्पादनसँग जोड्न सक्नेछन् । नेपालमै पहिलोपटक स्थापना भएको यो केन्द्रमार्फत युवाहरूको नवीनतम सोचमार्फत मुलुकको आर्थिक समृद्धिका साथै सामाजिक, सांस्कृतिक एवं वातावरणीय सम्पदाको संरक्षणमा उदाहरणीय हुने विश्वास गरिएको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी