2026-06-25 11:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छोकडा बन्दरगाहमा प्रतिबन्ध, ५० कन्टेनर वीरगञ्जमा रोकिए

असोज ६,वीरगञ्ज । तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड मूल्य बराबरको ५० कन्टेनर छोकडा वीरगञ्जमा रोकिएको छ । नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि सो छोकडा बन्दरगाहमै अड्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाका निर्मित प्रमुख जगदिश पुर्वेले राससलाई जानकारी दिनुभयो । यहाँले सो छोकडा छोड्ने वा नछोड्ने भन्नेबारे सरकारको निर्देशन नआएकाले जाँच पास हुन नसकेको बताउनुभयो ।

विदेशी मुद्रा सञ्चितमा दबाब बढेको भन्दै नेपाल सरकारले गत चैत १६ गतेयता यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको बताइएको छ । नेपाल सरकारको निर्णयपछि मरिच, केराउ र सुपारी नेपाल भित्रिए पनि छोकडा भने विगत पाँच महिनाभन्दा लामो समयदेखि बन्दरगाहमा रोकिएको आयातकर्ता नगनित अग्रवालले बताउनुभयो । उहाँले बन्दरगाहमा आइसकेका छोकडाको जाँच पासमा रोक लगाएपछि कच्चा पदार्थको रुपमा रहेको छोकडा सडेर बिग्रिन थालेको गुनासो गर्नुभयो । व्यवसायीले सरकारले केराउ, मरिच र सुपारी जुन प्रक्रियाबाट सरकारले छोड्यो त्यही प्रक्रियाबाट छोकडा पनि छोड्नुपर्ने माग गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ