नरी बडु | साउन १३. बैतडी | जिल्लाको सदरमुकाम गडी बजारका विभिन्न पसल तथा होटेलहरुबाट म्याद नाघेका समानहरु बरामद बरामत गरी नष्ट गरीएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार आचार्यको नेतृत्वमा, &nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | साउन १३. बैतडी | जिल्लाको सदरमुकाम गडी बजारका विभिन्न पसल तथा होटेलहरुबाट म्याद नाघेका समानहरु बरामद बरामत गरी नष्ट गरीएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार आचार्यको नेतृत्वमा, &nbs"/>

2026-11-02 02:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याद नागेका खाद्यवस्तु बरामत गरी नष्ट (फोटो फिचर सहीत)

नरी बडु | साउन १३. बैतडी | जिल्लाको सदरमुकाम गडी बजारका विभिन्न पसल तथा होटेलहरुबाट म्याद नाघेका समानहरु बरामद बरामत गरी नष्ट गरीएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार आचार्यको नेतृत्वमा,  पत्रकार महासंघ, घरेलु तथा साना उद्योग विकास समिती, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अनुसन्धान कार्यालय लगायतका निकायले साउन १३ गते बैतडीको सदरमुकाम गडी बजारमा अनुगमनका क्रममा म्याद नागेका खाद्य बस्तु बरामद गरेका हो ।

स्थानीय व्यापारीहरुले म्याद नागेका समानहरु विक्रि गरीरहेको गुनासो बढीरहेका बेला उक्त निकायहरुले अनुगमन गरी खाद्यवस्तु बरामद गरेका हुन् । दैनिक उपभोगका लागि आवश्यक पर्ने पिठो, विस्कुट, पाउडर दुध, चिउरा, खाने तेल  लगायतका अधिकासं समानहरु म्याद नाघेको पाईएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए ।

सदरमुकाम गडीमा रहेका सबै खुद्रा पसल तथा होटलहरुमा म्याद नागेका समानहरु फेला परेका छन् । गडीका १३ पसल तथा होटलहरुमा छड्के अनुगमन गरी साढे पाँच हजार बराबरको समान बरामद गरीएको प्रशासनले जनाएको छ । 

अनुगमनका क्रममा बरामद गरीएका समानहरु बिहीबारनै सबैको रहोबरमा नष्ट गरीएका छन् । आउदा दिनमा यसरी म्याद नागेका समानहरु विक्रि वितरण गरी नागरीकको उपभाग्य अधिकार हनन गरेको पाईए कानुअनुसार कडा कार्वाही गरीने प्रमुख जिल्ला अधिकारी चौधरीले बताए ।

जिल्ला प्रशासन कार्यालय बैतडीले उपभोक्तहरुलाई पनि समानको म्याद हेरी किन्न सुझाव दिएको छ । गएको आर्थिक वर्षमा मात्रै जिल्लाका विभिन्न स्थानमा रहेका खुद्रा पसल, होटल तथा मासु पसलहरुमा ४२ पटक अनुगमन गरीएको उहाँको भनाई छ । “यती गर्दा गर्दै पनि स्थानीयको लापर्वाहीका कारण विक्रेताहरुले म्याद नाघेका खानेकुराको कारोबार गरीरहेका छन्” उनले भने ।

अहिले नियमित बजार अनुगमनलाई कडाईका साथ लागु गरीएको छ । म्याद नाघेका खानेकुराहरुमा पिठो, विस्कुट, पाउडर दुध, चिउरा, खानेतेल लगायतका समानहरु बढी पाईने गरेपको  सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्यले बताए । 

खानेकुरा किन्ने बेलामा अनिवार्य रुपमा म्याद सकिने समय हेरेर मात्रै किन्न प्रमुख जिल्ला अधिकारी चौधरीले सबैमा आग्रह गरेका छन् । म्याद नाघेका खानेकुराले मानवको सारीरिक जिवनमा नकारात्मक प्रभाव पर्ने भएकाले उक्त कुरामा सजक रहन प्रशासनले भनेको छ ।

यदी कसैले म्याद नाघेका  खानेकुराको कारोबार गरेको पाईएमा जिल्ला प्रशासनमा खबर गर्न पनी प्रमुख जिल्ला अधिकारी चौधरीले सबैमा आग्रह गरेका छन् । 

बजार अनुगमनका लागि जादै सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्य नेतृत्वको टोली (माथि) 

खुद्रा पसलमा रहेका समानहरुको म्याद हेर्दै सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्य (माथिको तश्विरमा)

खुद्रा पसलमा रहेका समानहरुको म्याद हेर्दै सरोकारवाहाहरु  (माथिको तश्विरमा)


अनुगमनका क्रममा भेटीएका म्याद सकिएका समानहरु बरामत गरी गाडीमा हाल्दै प्रशासनका गाडी चालक (माथिको तश्विरमा)


बजार अनुगमनका क्रममा भेटीएका म्याद सकिएका समानहरु बरामत गरी सरोकारवालाहरुको रहोबरमा नष्ट गरीदै (माथिको तश्विरमा)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द