Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिद्धार्थ रङ्गशालाः १० वर्षमा १० प्रतिशत काम

२०७७, १४ आश्विन बुधबार ०७:४२

नरेश केसी । असोज १४, लुम्बिनी । भैरहवास्थित सिद्धार्थ रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने गरी थालनी भएको योजना बजेट अभावमा ढिलाइ हुँदा अलपत्र परेको छ । पश्चिम नेपालमा खेलकूद क्षेत्रका लागि गौरवको आयोजनाका रुपमा निर्माणाधीन रङ्गशाला प्यारापिटसहित ११ हजार दर्शक क्षमताको हुने छ । 

क्रिकेटका लागि अत्यन्तै महत्वपूर्ण मैदानका रुपमा विकास र स्तरोन्नति गर्ने उद्देश्यले निर्माण थालनी गरिएको उक्त आयोजनाको काम नौ वर्षअघि शुरु भए तापनि पूरा हुन सकेको छैन । बजेटको पर्याप्त व्यवस्थापन नहुँदा कामले गति लिन नसकेको रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष प्रशान्तविक्रम मल्ल बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘काठमाडौं बाहिर धेरै बजेट पाउने र राम्रो प्रगति हासिल गरेको सिद्धार्थ रङ्गशाला हो तर  छिटो सम्पन्न गर्न आवश्यक बजेट भने उपलब्ध छैन । यसैले अब एकैपल्ट टेन्डर गरी बहुवर्षीय योजनामा लगेर यसको निर्माण सक्नुपर्छ ।’ 

क्रिकेट मैदानमा अहिलेसम्म रु नौ करोड ५९ लाख खर्च भइसकेको छ । विसं २०६८ देखि शुुरु गरिएको मैदान स्तरोन्नतिको काम भने कछुवा गतिमा छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को न्यूनतम मापदण्डअनुरुपको मैदान बनाउन कम्तीमा रु ५० करोड लाग्ने जनाइएको छ ।  बजेट भने निकै कम उपलब्ध गराइँदै आएको छ । विसं २०७५ मा क्यानले गुरुयोजना बनाएको हो । गुरुयोजना आएपछि  काममा विगतमा भन्दा गति लिएको छ ।  हरेक वर्ष बजेट थोरै आउने र ससाना काम गर्दा निर्माणमा ढिलाइ भएको अध्यक्ष मल्लले बताउनुभयो । 

छ बिघामा निर्माणाधीन रङ्गशालाको स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा रु एक करोड बजेट छुट्याइएको छ ।  उहाँले भन्नुभयो, ‘एक करोड बजेट छ । काम धेरै छन् । के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’  

रङ्गशालामा विसं २०६८ मा रु एक करोड १९ लाख  खर्च गरेर प्याभेलियन भवन बनाइएको थियो । त्यसपछि मैदान सम्याउन तीन वर्ष लगाइयो । अहिलेसम्म प्याभेलियन भवनसहित रु ८९  लाखमा मैदान सम्याउने काम, रु ४० लाखमा तारजाली, रु ९० लाखमा ढल व्यवस्थापन, रु एक करोडमा पिच, प्याभेलियन अगाडि टायल बिच्छ्याउने, गार्ड रुम, स्टोर र भवन मर्मत गरिएको छ । आव २०७६/०७७ मा आएको रु चार करोड बजेटमा काठमाडौंँको कुमार गिरी कन्ट्रक्सनले रु तीन करोडमा ठेक्का सम्झौता गरी हल, खेलाडी बस्ने ठाउँ, शौचालयसहितको तीनतले भिआइपी प्यारापिट निर्माण गरिरहेको छ । यही असोज मसान्तसम्म निर्माण सक्ने भनिए पनि कोरोना महामारीका कारण उक्त प्यारापिट निर्माण अझै चारपाँच महिना लम्बिने साइट इञ्जिनीयर योगानन्द चौधरीले बताउनुभयो । 

वर्षेनी आवश्यकताभन्दा निकै कम बजेट आउने र ठेकेदार फेरिरहँदा सुस्त गतिमा बनिरहेको क्रिकेट मैदानको काममा आव २०७५/०७६ मा आएको रु तीन करोड ५० लाख बजेट समयमा बोलपत्र हुन नसक्दा खर्च नै हुन नसकी फिर्ता भएको थियो । मैदानको रुपन्देही क्रिकेट सङ्घले संरक्षण र सम्बद्र्धन गर्दै आए पनि सरकार र जिल्ला खेलकूद विकास समितिबाट संरक्षणमा समेत खासै ध्यान दिइएको छैन ।

कामको प्रगति विश्लेषण गर्दा नौदश वर्षयता रङ्गशालाको करीब १० प्रतिशत काम मात्रै भएको देखिएको छ । यसरी काममा ढिलाइ हुनाको मुख्य कारण पर्याप्त बजेट नहुनु नै हो । 

रङ्गशालाको उपलब्धि 

सिद्धार्थ रङ्गशालामै अभ्यास खेल खेलेर देशकै उत्कृष्ट क्रिकेटर बनेका कुशल मल्ल, सुशान्त भारी, वसन्त रेग्मी, कुशल भुर्तेल हाल राष्ट्रिय टोलीमा छन् । सिद्धार्थकै उत्पादन राजु खड्का, वसन्त शाही, सञ्जय गुरुङ, शक्ति गौचन, सञ्जीव जोशी, अमृत भट्टराई, सागर पुन, शङ्कर राना, भरत शर्मालगायत ९०  भन्दा बढी खेलाडीले अहिलेसम्म नेपाली टोलीबाट अन्तरराष्ट्रिय खेलमा प्रतिस्पर्धा गरी उपाधिसमेत प्राप्त गरेका छन् । 

दिल्लीमा विसं २०४० मा आयोजित प्रथम क्लबस्तरीय खेलमा सहभागी हुने नेपालका पहिलो खेलाडी अनुप थापा पनि सिद्धार्थ रङ्गशालाकै उत्पादन हुन् । उक्त खेल नै नेपाली क्रिकेट इतिहासमा नेपाली खेलाडीले भाग लिएको पहिलो हो ।

पहिलो एसिसी ट्रफीमा सहभागी खेलाडी शाही (हाल क्रिकेट राष्ट्रिय टोलीका सहायक प्रशिक्षक), जगत टमटा (हाल क्रिकेट राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक), गुरुङ( हाल क्रिकेट राष्ट्रिय टोलीका अम्पायर),  खड्का (हाल क्रिकेट राष्ट्रिय टोलीका प्रशिक्षक) पनि सिद्धार्थ रङ्गशालाकै उत्पादन हुन् । यसरी नेपाली क्रिकेट खेलको खम्बाका रुपमा रहेका खेलाडी, प्रशिक्षक र अम्पायर उत्पादन गरेर इतिहास रचेको सिद्धार्थ रङ्गशालाको विकास र स्तरोन्नतिका लागि सरकार र  राष्ट्रिय खेलकूद परिषद्को पर्याप्त ध्यान पुग्न सकेको छैन ।

समितिको हस्तक्षेप, क्रिकेट सङ्घ तनावमा 

विगतमा खुला रङ्गशालाका रुपमा रहेको सिद्धार्थ रङ्गशाला क्रिकेट स्टेडियम बनेपछि संरक्षण हँुदै गएको हो । विगतमा गाईभैँसीले भरिने उक्त रङ्गशालामा तारजाली  लागेको छ र  पीच तथा अन्य भवन बनेका छन् । पछिल्लो समय क्रिकेट स्टेडियमले रुप ग्रहण गरिरहँदा खेलकूद विकास समितिले एक्कासि हस्तक्षेप गर्न थालेको छ । विकास समितिले स्टेडियमलाई आफूअनुकूल प्रयोग गर्ने तथा कार्यालय राख्ने भनी हस्तक्षेप गर्न थालेपछि क्रिकेट खेलाडी तनावमा छन् । 

क्यानका पूर्व केन्द्रीय सदस्य प्रेमकुमार सेञ्चुरी सिद्धार्थ रङ्गशाला कुनै पनि बहानामा अन्य खेलकूदको प्रयोजनार्थ दिन नहुने बताउनुहुन्छ । उहाँ  भन्नुहुन्छ, ‘सरकारले जे जति लगानी गरेको छ, क्रिकेटकै लागि गरेको हो । यसैले जुन उद्देश्यका लागि लगानी गरेर निर्माण भइरहेको छ, त्यही खेल प्रयोजनमा यसको प्रयोग गरिनुपर्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै