२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नाका बन्द हुँदा नेपाली व्यापारी भारतमै रोकिए

२०७७, २१ आश्विन बुधबार ०५:०३

असोज २१,  बैतडी । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटका व्यापारीले सीमानाका खोल्नुपर्ने माग गरेका छन् । नेपालतर्फका अधिकांश व्यापारीको बसाइ भारतीय बजारमा हुने भएकाले नाका बन्द हुँदा उनीहरु पारि नै अड्किएका छन् । लकडाउन खुले पनि नाका नखुल्दा आफूहरु पारि रहँदा व्यापार/व्यवसाय सञ्चालन गर्न नपाएको उनीहरुको गुनासो छ । नाका नखुल्दा व्यापारी वारि आउन नपाएको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशीले बताउनुभयो ।

“नाका बन्द भएपछि वारिका २५ व्यापारी पारि अड्किएका छन्”, उहाँले भन्नुभयो, “लामो समयदेखिको लकडाउनले बिक्रीका लागि राखिएको सामान बिग्रिसकेको छ, एक दुई दिनका लागि भए पनि सीमापारि अड्किएका व्यापारीलाई वारि आउने वातावारण मिलाइदिन आग्रह छ ।” आफ्ना समस्याप्रति सरकार गम्भीर नभए आफूहरु अनसन बस्नेसमेत उनीहरुले चेतावनी दिएका छन् ।

यता बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नाका खुलाउनका लागि सरकारले नै निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय नाका भएकाले पहिला नेपाल सरकारले निर्णय गर्नुपर्ने त्यसपछि दुई देशको सहमतिमा नाका खुल्नेछ ।” नाका खोलिदिन भन्दै सरकारलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र विवरण धमाधम सङ्कलन 

बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम धमाधम भइरहेको छ । राष्ट्रिय परिचयपत्रका लागि हालसम्म ४४ जनाको विवरण सङ्कलन गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा जारी विवरण सङ्कलन कार्य असोज २ गतेदेखि शुरु भएको थियो । दशरथथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले फोटो खिचेर आफ्नो विवरण दिएर उक्त कार्यको शुभारम्भ गर्नुभएको थियो । परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति स्वयं तथा सक्कलै नागरिकता र बुवाआमाको पनि सक्कलै नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र पनि सक्कलै लिएर आउनुपर्ने  जिल्ला प्रशासन कार्यालयले जनाएको छ  ।

राष्ट्रिय परिचयपत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले पत्र बनाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो । “लगत सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचयपत्र बाँडिनेछ”, उहाँले भन्नभयो, “नागरिकता पाएकै दिन परिचयपत्रको लागि आवश्यक विवरणभरि राष्ट्रिय परिचयपत्र विवरण भर्ने व्यवस्था मिलाइएको छ ।”

राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेकाले विवरण सङ्कलन गराउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जिल्लावासीलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारी जोशीले बहुउपयोगी प्रमाणपत्रका रूपमा लिइएको परिचयपत्र भएपछि अन्य सरकारी परिचयपत्र साथमा राख्नुपर्ने झन्झट हुँदैन ।”

 दश अङ्कको नम्बर रहेको परिचयपत्रमा नागरिकताको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुवाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगानालगायतसमेत उल्लेख गर्नुपर्ने हुन्छ । यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागवाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछन् । पहिलो चरणमा जिल्ला प्रशासनबाट विवरण सङ्कलनको काम जारी रहेको र पछि विस्तारै जिल्लाका १० वटै स्थानीय तहका ८४ वडाबाटै सङ्कलन कार्य शुरु हुने जनाइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ