2026-09-12 02:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुटवलमा गुणस्तरीय पेट्रोलियम पदार्थ बिक्री

असोज २७, रुपन्देही । बुटवलका पेट्रोल पम्पमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा उपभोक्ता हित संरक्षण निर्देशनालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, नेपाल आयल निगम, नेपाल प्रहरी र नेपाल पत्रकार महासंघका प्रतिनिधिसहितको टोलीले आज गरेको पेट्रोल पम्पको अनुगमनका क्रममा पेट्रोलियम पदार्थको गुणस्तर तथा नाप तौल ठीक रहेको पाइएको हो । 

टोलीले आज बुटवल नेपालगञ्ज रोडमा रहेको शाह डिजर सेन्टर, बुटवल १३ जीतगढीस्थित गैरे पेट्रोल पम्प र एमएस पेट्रोल पम्पको अनुगमन गरेको हो । चाडपर्व नजिकिँदै गर्दा बजारमा हुन सक्ने कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्रीवितरण रोक्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयसहित सरोकार निकायले बजार अनुगमनलाई निरन्तरता दिएको जिप्रकाका अधिकृत झविलाल भट्टराईले जानकारी दिनुभयो ।  बुटवलका तीन   पेट्रोल पम्पमा आज पेट्रोलियम पदार्थको गुणस्तर जाँच गर्दा ठीक भएको पाइए पनि सुरक्षा मापदण्ड भने कमजोर भएको पाइएकाले सुधार गर्न निर्देशन दिइएको  छ । 

अधिकृत भट्टराईका अनुसार यस क्षेत्रका अधिकांश पेट्रोल पम्पमा शौचालयको व्यवस्था भए पनि व्यवस्थित नभएको पाइएको छ । पम्पमा लैङ्गिकमैत्री  र अपाङ्गतामैत्री शौचालयको व्यवस्था गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।  अनुगमन गरिएका सबै पम्पमा डिजल र पेट्रोलको नाप तौल र गुणस्तर सही भएको आयल निगमका सहायक प्रबन्धक बालकृष्ण रायले बताउनुभयो ।  डिजल र पेट्रोलको  गुणस्तर ठीक भए पनि  पेट्रोल पम्प भने अझै व्यवस्थित गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

 गुणस्तर कार्यालयका प्रमुख मनोजकुमार पोखरेलका अनुसार प्रति पाँच लिटरमा जाँच गर्दा १५ मिलिलिटर कमी र २५ मिलिलिटर बढी हुनुलाई सामान्य मानिन्छ । यसभन्दा कम भएमा ठगी गरेको ठहरिने प्रमुख पोखरेलले बताउनुभयो ।पेट्राल पम्पको गुणस्तर सही भए पनि अधिकांशमा सुरक्षा उपकरण भने पूरा नभएको पाइएको आयल निगमका वरिष्ठ सहायक सुवास काफ्लेले बताउनुभयो । 

अनुगमन टोलीले सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने पेट्रोल पम्पमा विपद् वा आगलागीका घटनाबाट बच्न प्रयोग हुने सुरक्षा उपकरण तयारी अवस्थामा राख्न निर्देशन  दिएको छ । 

चाडपर्वमा हुन सक्ने कालोबजारी, महँगी र मिलावट नियन्त्रण गर्न बजार अनुगमनलाई निरन्तरता दिइने उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख यमबहादुर थापाले बताउनुभयो । अनुगमन टोलीले  कोभिड –१९ को महामारीलाई ध्यानमा राख्दै सुरक्षा मापदण्ड अपनाएर सेवा प्रदान गर्न निर्देशन दिएको छ । यसअघि पनि अनुगमन टोलीले जिल्लाका विभिन्न मिठाइ पसल र होटलको अनुगमन गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै