2026-09-12 02:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माण थालनी भएको ३२ वर्षसम्म सिँचाइ आयोजना अलपत्र

कात्तिक १५, प्युठान । निर्माण थालनी भएको ३२ वर्ष पुग्दासमेत यहाँको सिँचाइ नहर निर्माण सम्पन्न हुन सकेको छैन । स्वर्गद्वारी नगरपालिका ५, ७ र ८ मा सिँचाइ गर्न करिब रु १३ करोड खर्चेको आयोजना अलपत्र भएको छ । 

लामो समयसम्म विभिन्न बहानामा शुरु हुँदै रोकिँदै गएको आयोजना पछिल्लो दुई आर्थिक वर्षमा वजेट विनियोजन नहुँदा अलपत्र परेको हो । रोल्पाको सुनिलस्मृति गाउँपालिकाको रुइनीबाङ्गदेखि आयोजनाको कूल लम्बाइ १२ किमि २७९ मिटर रहेको छ । त्यसमध्ये सात किमि निर्माण भए पनि केही ठाउँमा जीर्ण बन्दै गएको छ । निर्माण सम्पन्न नहँुदै बजेट आउन छाडेपछि बजेटको मुख ताकेर बसेको स्थानीय लोकबहादुर सुनारले बताउनुभयो । 

आर्थिक वर्ष २०७४/०७५ देखि बजेट आउन छाडेको छ । “निर्माण कार्य बन्द हुँदा नहर जीर्ण भइसक्यो” सुनारले भन्नुभयो,  “तर बजेट आउन छाडेसँगै सिँचाइ गर्ने हाम्रो सपना पनि अधुरै रह्यो ।” आफ्नो पुस्ताले सिँचाइ अभावमा उजाडिएको जमिनमा केही गर्न नसकेपनि नयाँ पुस्ताले भूमिको व्यावसायिक उपयोग गरोस् भन्ने चाहना सुनारको छ । “सानै उमेरमा म भारत गएको हुँ, तर नयाँ पिँढी नजाओस् भन्ने छ”, सुनारले भन्नुभयोे, “भरखरै शुरु भएका कृषि फार्ममा सिँचाइ अभाव भएपछि युवा विदेशिए ।” आफू जवान हुँदा शुरु भएको  आयोजना नाती हुर्कदै गर्दा पनि गाउँमा पानी आउन नसक्दा उहाँ दुःखी हुनुहुन्छ । कृषकसँगै लुंग्रीमाडी सिँचाइ आयोजनाका अध्यक्ष रहेका सुनार अध्यक्षमा छनौट भएको आर्थिक वर्षदेखि बजेट नआएको बताउनुभयो ।  

पञ्चायत काल, बहुदल र गणतन्त्र नेपालको तीन व्यवस्था फेरिँदा पनि आफ्नो सपना नफेरिएको स्थानीय पिमलाल भण्डारीको दुखेसो छ । करिब ७६२ घर किसानको २३० हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ गर्ने आशा अधूरै रहेको भण्डारीले बताउनुभयो । 

रोल्पाका तेवाङ, गाम, अरेस कोइरालखर्क पुर्याउने सडकहरु खन्ने क्रममा नहर पुरिएर जीर्ण भएको छ । रुइनिवाङको मुहानदेखि तीन सय ६० मिटर क्षति पुर्याएपछि यस अघि नै पुनः निर्माण गरिएको थियो । पटक पटक नहर पुरिदा लागत समेत बढेको छ । स्थानीयले तीन प्रतिशत जनश्रमदान गरेका छन । लुंग्रीमाडी सिँचाइ आयोजना जिल्लाकै ठूलो सिँचाइ आयोजना भए पनि कनिके बजेटका कारण समयमै निर्माण हुन नसकेको हो । निर्माणाधीन अवस्थामा भएको क्षति र राजनीतिक खिचातानीले पनि समस्या भोग्नुपरेको उहाँको भनाइ छ । 

२०४७ सालमा आयोजना छनौट भई २०५१ बाट बजेट विनियोजन गरी नहर निर्माण कार्य थालनी गरिएको भए पनि बीचमा रोकिएको थियो । आव २०७०/७१ देखि २०७३/७४ सम्म साना तथा मझौला सिँचाइ आयोजनामार्फत पुनःनिर्माण थालनी गरिएको थियो । पछिल्लो वर्ष आयोजनालाई बजेट विनियोजन नभएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्युठानका डिभिजन प्रमुख इञ्जिनीयर दामोदर सापकोटाले जानकारी दिनुभयो । प्रतिहेक्टर पाँच लाख ७४ हजार खर्च भइसक्दासम्म निर्माण कार्य सम्पन्न भएको छैन । पुनः सर्भे गरी विस्तृत अध्ययन रिपोर्टका लागि लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा निवेदन पठाइएकाले यस वर्ष सर्भेका लागि पहल गरिने सापकोटाको भनाइ छ ।

सापकोटाका अनुसार सारी, सोत्रे, बेलवास, बर्जिवाङका किसानलाई नियमित सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण थालिएको आयोजना विभिन्न अवरोधका कारण निर्माणमा ढिलाइ भएको थियो । शुरु भएदेखि हालसम्म रु १३ करोड २१ लाख खर्च भइसकेको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै