Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेड बीच कर्जा सम्झौता

By साझासवाल 5 मिनेट पढाइ

कात्तिक २०, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेडबीच बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा बुधबार दुई प्रतिशत ब्याजदरमा उपलब्ध हुने ‘सहुलियतपूर्ण कर्जा’का लागि सम्झौता भएको छ । नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत  कृष्णबहादुर अधिकारीको कार्यालयमा एक कार्यक्रम आयोजना गरी चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख अमानसिं तामाङ, उपप्रमुख  जानुका पराजुली, प्रमुख प्रशासकीय अधिकृत  कृष्णप्रसाद पाण्डे, नेबैली वाग्मती प्रदेश प्रमुख सुन्दर पन्थी, नेबैली सिन्धुपाल्चोक शाखा प्रबन्धक  समीककुमार दाहाललगायतको उपस्थितमा कर्जा सम्झौता गरिएको हो ।

यसबाट कृषि, पशुपालन, घरेलु उद्योग तथा अन्य नयाँ व्यवसाय सञ्चालन गर्न चाहने नगरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । चौतारा साँगाचोकगढी नगरपालिकाले युवा स्वरोजगार प्रवद्र्धनका लागि विनियोजन गरेको रु एक करोड र नेपाल बैंक लिमिटेडले थप रु एक करोड गरी यस वर्ष रु दुई करोड ऋण प्रवाह हुनेछ । ऋण लिन चाहने नगरवासीले दुई प्रतिशत ब्याजदरमा रु पाँच लाखसम्म बैंकको नियमानुसार बिनाधितो ऋण लिन सक्नेछन् । नगरपालिकाले कोरोना भाइरसका कारण आफ्नो रोजगारी गुमाएका, विदेशबाट फर्किएका, कृषि तथा लघुउद्यमको क्षेत्रमा स्वदेशमै व्यवसाय गर्ने योजना बनाएका युवालाई लक्षित गरी ‘स्वरोजगार तथा उद्यम प्रवद्र्धन कार्यविधि, २०७७’  बनाएर सहुलियतपूर्ण ऋण उपलब्ध गर्न लागेको हो ।

स्थानीय स्रोत, साधन र सीपलाई सदुपयोग गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकास गरी सुन्दर नगर र सुखी नगरवासीको आकांक्षा पूरा गर्न नगरपालिकाले नेपाल बैंक लिमिटेडसँग सम्झौत गरी सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान उपलब्ध  गराउन लागेको उपप्रमुख पराजुलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यस वर्षदेखि यो कार्यक्रमको शुरूआत गरेका छौँ । यसको नतिजा हेरेर आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।”

यसले नगरभित्र नयाँ उद्यमी तथा व्यवसायीको सङ्ख्या बढ्ने र नगरलाई थप समृद्ध बनाउन सहयोग पुग्ने अपेक्षा राखिएको उहाँले जानकारी दिनुभयो । नगर प्रमुख तामाङले यस्ता प्रकारको कार्यक्रमले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकास गरी सुन्दर नगर र सुखी नगरवासीको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार अब नगरपालिकाको प्रत्येक बस्तीमा पुगेर जनतासँग प्रत्यक्ष छलफल गरी नयाँ कार्यक्रम बनाएर विकासका काम सञ्चालन गरिने छन् । त्यसको शुरुआत भइसकेको समेत उहाँले जानकारी दिनुभयो । सोही कार्यक्रमअनुसार सोमबार इर्खुको चिलाउने गाउँमा नगर प्रमुख, नेकपा नगरकमिटी इञ्चार्जलगायतको उपस्थितिमा एक कार्यक्रम आयोजना गरिएको थियो । रासस