राम नारायण पंडित । साउन १६, सिरहा । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सिरहाको भवानीपुर सडक ग्राभेल र सोलार बत्तिको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित । साउन १६, सिरहा । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सिरहाको भवानीपुर सडक ग्राभेल र सोलार बत्तिको"/>
२०८३, १६ जेष्ठ शनिबार
अर्थ/विकास

सिरहामा कमिसनको चक्करमा बजेट निकासा भएन

२०७३, १६ श्रावण आईतवार १४:०३

राम नारायण पंडित । साउन १६, सिरहा । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सिरहाको भवानीपुर सडक ग्राभेल र सोलार बत्तिको काम सम्पन भएपनि निकासा नपाएको  क्षेत्र नंम्वर  ४ को सांसद रामचन्द्र यादवले बताएका छन् । आज (आइतवार) आफ्नै निवास सिरहाको धनगढीमा पत्रकार सम्मेलन गरी सांसद यादवले सन्तनगर भवानीपुरको तीन किलोमिटर सडक ग्राभेलको काम र क्षेत्रका विभिन्न स्थानमा सोलरबत्ति जडान गर्न सवै सामाग्री आएको भएपनि भुक्तानी नदिएको बताए ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अन्य कामको भुक्तानी पाइएको भएपनि ३० लाखको कामको भुक्तानी नआएको बताए । कमिसनको कारण आफ्नो कामको भुक्तानी रोकेको यादवले आरोप लगाए । यादवले आफ्नो क्षेत्रमा भएको सवै कामको जिल्ला प्रमुख अधिकारी विजय नारायण मानन्धर, स्थानिय विकास अधिकारी टुवराज पोखरेललाई प्रत्यक्ष रुपमा निरीक्षण गराएको बताए । काम सम्पन्न भएदेखि नै जिल्ला विकास कार्यालयलाई मूल्याङ्कनको लागि अनुरोध गर्दा समेत  कमिसनकै कारण मूल्याङ्कन नगरिदिएको समेत यादवले आरोप लगाए । अघिल्लो बर्ष जिल्ला विकास मार्फत जडान गरिएको सोलार बत्ति तीन महिना पनि नचलेपछि यस पटक उपभोक्ता समिति मार्फत काम गराउन लागेको बताए । समितिमा विपक्षीहरुले मुद्दा हालेर विघटन गरेपछि सोलार वतिको सवै सामान खरिद भईसकेको छ । सभासद यादवले आफ्नै अमानतमा सामान खरिद गरेको भएपनि जिल्ला विकास समितिका कर्मचारी योजना अधिकृत डिभिजन इन्जिनियर राजकुमार गोइतले बदमासी गरेको बताउनु भयो । 

यता, स्थानीय विकास अधिकारी टुवराज पोखरेलले सभासदजीको क्षेत्रमा केही काम विवादीत भएको छ, त्यसको पनि मूल्याङ्कन समयमै नआएकोले उहाँको बजेट फ्रिज भएको बताए । आफूहरुले उहाँको क्षेत्रमा अनुगमन गरेको काम राम्रो भएपनि विवादित काम हेर्न नपाएको बताउनु भयो । उहाँले काम गर्नु भएको भएपनि अव त्यसको बजेट निकासा हुने नहुने सम्वन्धमा आफूले पनि बुझ्नु पर्ने बताउनु भयो । त्यस्तै, डिभिजन इन्जिनियर राजकुमार गोइतले समितिबाट कामको योजना पास भएको हो, काम पनि भएको छ, त्यसलाई अव नयाँ बजेटबाटै भएपनि मिलाउनु पर्ने बताउनु भयो । गोइतले नयाँ बजेटबाट भएपनि प्रकृया पुर्याएर भएको कामको भुक्तानी दिनु पर्ने बताउनु भयो । कुनै व्यक्तिको प्रभाव र कमिसनको खेलोका कारण आफूलाई अप्ठेरोमा पारेको सभासद यादवले आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन