२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडकका सिसीटिभी र सौर्य बत्ती मर्मत

२०७७, ६ मंसिर शनिबार ०२:२६

मङ्सिर ६, बैतडी | जिल्लाको पाटन नगरपालिका बजार क्षेत्रमा बिग्रिएका सिसीटिभी क्यामेरा र सौर्य सडक बत्ती मर्मत गरिएको छ । बजार क्षेत्रका सिसीटिभी क्यामेरा मर्मत भएका र यसले अपराध न्यूनीकरणमा समेत सहयोग पुग्ने इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “बजार क्षेत्रमा भइरहेका गतिविधिका बारेमा सिसीटिभी क्यामेराबाट थाहा भइरहेको हुन्छ । त्यसको कन्ट्रोल प्रहरीसँग भएकाले केही अवाञ्छित क्रियाकलाप भएमा तुरुन्त एक्सन लिन सजिलो हुन्छ ।” नगरपालिकाको बजार क्षेत्रका सिसीटिभी क्यामेरा मर्मत कार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिनुभयो । यस्तै बजार क्षेत्रका सौर्य सडक बत्ती मर्मतको कामसमेत भइरहेको उहाँले बताउनुभएको छ ।

पाटन बजार क्षेत्रमा विसं २०७३ मा १३ ठाउँमा रु १३ लाख ५० हजारको लागतमा सौर्य सडक बत्ती जडान गरिएको थियो । सङ्घीय सरकारको रु १० लाख, पाटन नगरपालिकाको रु दुई लाख र स्थानीयको रु डेढ लाखमा सौर्य सडक बत्ती जडान गरिएको थियो । यस्तै करिब रु पाँच लाखमा विसं २०७६ को असारमा पाटन बजारका ११ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएका थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली