२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीका १६ ठाउँबाट फोरजी सेवा, विद्युत् नपुग्दा समस्या

२०७७, २१ मंसिर आईतवार ०५:२७

मङ्सिर २१ , बैतडी | बैतडीका १६ ठाउँबाट नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा रहेको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका अनुसार जिल्लाको शाहीलेक, गढी, कठपते, सतबाँझ, पाटन, बिजुल, ग्वाल्लेक र खोडपेबाट फोरजी सेवा सञ्चालनमा रहेको हो । यसका साथै रोडीदेवल, जलहल्ला, दुर्गास्थान, चौड, सिल्लेक, शिखरपुर, कुवाकोट र पञ्चेश्वरबाट पनि फोरजी सेवा सञ्चालनमा रहेको नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका प्रमुख सुरेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।

जिल्लाका थप नौ स्थानबाट पनि फोरजी सेवा सञ्चालनको तयारी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कैलपाल, मानिकाखान, ठाँड, कटौजपानी, झुलाघाट, पुर्चौडीहाट, सुर्नया गाउँपालिका, वसन्तपुर र सिगासको गुगुल्टेबाट पनि फोरजी सेवा सञ्चालनको तयारी भएको छ । कैलपाल, मानिकाखान, ठाँडमा टावर बनिसेकेको छ ।”

जिल्लाका २८ स्थानमा टावर राखेर टेलिकमले नमस्ते मोबाइलको सेवा दिइरहेको छ । टेलिकमले जिल्लाभरि आफ्नो क्षमता विस्तार गर्न टावर निर्माण र स्तरोन्नतिको काम गरिरहेको दूरसञ्चार कार्यालय बैतडीका प्रमुख कार्कीले जानकारी बताउनुभयो ।  उहाँले भन्नुभयो, “हाल टेलिकमले स्थानीय तहका कार्यालयलाई प्राथमिकतामा राखेर सेवा थपिरहेको छ, पुराना टावर रहेका स्थानबाट सेवा प्रभावकारी भए पुरानै टावरबाट सेवा दिइरहेको र पुराना टावरबाट सेवा प्रभावकारी नभए नयाँ टावर थपिररहेको हो ।”  सूचना, प्रविधिमा भइरहेको परिवर्तन र आधुनिकतासँगै इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा भने तीव्रगतिमा वृद्धि भइरहेको उहाँको भनाइ छ । जिल्लाका अधिकांश टेलिकमका टावरमा विद्युत् नहुँदा सोलारको भरमा सञ्चालनमा रहेका छन् । सोलारको भरमा रहेका टावरले घाम लागेको बेला मात्रै नेटवर्क आउने गरेकाले समस्या हुने गरेको छ ।

बैतडीमा रहेका सबै नेपाल टेलिकमका टावरमा विद्युत्को पहुँच नपुग्दा इन्टरनेट र फोन सेवा प्रभावकारी हुनसकेको छैन । जिल्लामा रहेका आठ टावरमा मात्रै विद्युत्को पहुँच रहेको टेलिकम कार्यालय प्रमुख कार्कीले जानकारी दिनुभयो ।

शाहीलेक, गढी, कठपते, सतबाँझ, पाटन, ग्वाल्लेक, सिल्लेक र खोडपेमा रहेका टावरमा मात्रै विद्युत्को पहुँच रहेको उहाँले बताउनुभयो ।   बैतडीमा नेपाल टेलिकमका २८ टावरमध्ये १६ टावरबाट फोरजी सेवा सञ्चालनमा रहेका छन् । उहाँले भन्नुभयो, “विद्युत्को पहुँच नभएका ठाउँमा सोलारको भरमा टावर सञ्चालनमा छन् ।” सोलारको भरमा टावर रहेका सेवा क्षेत्रका नागरिकले घाम लागेको बेलामात्रै फोन सेवा र इन्टरनेट सेवा लिन पाउँछन् ।

घाम नलागेको बेला ब्याट्री चार्ज नभएर सेवा प्रवाह नहुँदा अधिकांश नागरिक फोन सेवा र इन्टरनेट सोव लिनबाट वञ्चित हुने गरेका छन् । घाम लागेको बेलामात्रै फोन सेवा र इन्टरनेट सेवा उपलब्ध हुने र अन्य समयमा नेटवर्क नआउने समस्या रहेको पुर्चौडीबाट अनिरुद्र जोशीले जानकारी  दिनुभयो । फोरजी सेवा सञ्चालनमा रहेका टावरमा विद्युत्को पहुँच पुगेको भए ८०० र एक हजार ८०० मेगाहर्ज दुवै सेवा सञ्चालनमा रहेका दूरसञ्चार कार्यालयले जनाएको छ । सोलारको भरमा रहेका टावरबाट पावर नपुग्ने भएकाले ८०० मेगाहर्जबाट मात्रै सेवा सञ्चालनमा रहेको दूरसञ्चार कार्यालय बैतडीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ