साउन १९, सप्तरी । भूमिगत सिँचाइको माध्यमबाट सगरमाथा अञ्चलअन्तर्गतका तीन जिल्लाका सिँचाइ सुविधा पुर्याउन रु दुई करोड ८५ लाखको लागतमा स्यालो ट्युबेल जडान भएको छ । 

भूमिगत जलस्रोत विकास समितिको कार्यालय लहानद्वारा सिरहामा गत आवमा रु एक करो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, सप्तरी । भूमिगत सिँचाइको माध्यमबाट सगरमाथा अञ्चलअन्तर्गतका तीन जिल्लाका सिँचाइ सुविधा पुर्याउन रु दुई करोड ८५ लाखको लागतमा स्यालो ट्युबेल जडान भएको छ । 

भूमिगत जलस्रोत विकास समितिको कार्यालय लहानद्वारा सिरहामा गत आवमा रु एक करो"/>

2026-11-01 11:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पौने तीन करोडको ट्युबेल जडान

साउन १९, सप्तरी । भूमिगत सिँचाइको माध्यमबाट सगरमाथा अञ्चलअन्तर्गतका तीन जिल्लाका सिँचाइ सुविधा पुर्याउन रु दुई करोड ८५ लाखको लागतमा स्यालो ट्युबेल जडान भएको छ । 

भूमिगत जलस्रोत विकास समितिको कार्यालय लहानद्वारा सिरहामा गत आवमा रु एक करोड २७ लाख ५० हजारको लागतमा २५५ स्यालो ट्युबेल, सप्तरीमा रु एक करोड २७ लाख ५० हजारको लागतमा २५५ स्यालो ट्युबेल तथा उदयपुरमा रु ३० लाखको लागतमा ५० स्यालो ट्युबेल जडान गरिएको छ । 

सो ट्युबेलको निर्माणबाट सिरहामा एक हजार २० बिगाहा, सप्तरीमा एक हजार २० बिगाहा र उदयपुरमा २०० बिगाहा जमिन सिञ्चित भइरहेको कार्यालय प्रमुख चेतबहादुर गुरुङले जानकारी दिनुभयो । कार्यालयद्वारा भूमिगत सिँचाइ परियोजनाअन्तर्गत सिरहा, सप्तरी र उदयपुरको विभिन्न स्थानमा डिप ट्युबेल जडान एवम् निर्माणकार्य भइरहेको छ । 

त्यस्तै कार्यालयले गत आवमा भारतीय अनुदानमा रु एक करोड एक लाख ८१ हजारको लागतमा सप्तरीमा ८० स्यालो ट्युबेल तथा १० सिँचाइ इनार निर्माण गरेको छ । सो ट्युबेल तथा इनार सप्तरी, राजविराज, बौरीय, विष्णुपुरकटी र तैरोहतामा निमार्ण गरिएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द