Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पौने तीन करोडको ट्युबेल जडान

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १९, सप्तरी । भूमिगत सिँचाइको माध्यमबाट सगरमाथा अञ्चलअन्तर्गतका तीन जिल्लाका सिँचाइ सुविधा पुर्याउन रु दुई करोड ८५ लाखको लागतमा स्यालो ट्युबेल जडान भएको छ ।

भूमिगत जलस्रोत विकास समितिको कार्यालय लहानद्वारा सिरहामा गत आवमा रु एक करोड २७ लाख ५० हजारको लागतमा २५५ स्यालो ट्युबेल, सप्तरीमा रु एक करोड २७ लाख ५० हजारको लागतमा २५५ स्यालो ट्युबेल तथा उदयपुरमा रु ३० लाखको लागतमा ५० स्यालो ट्युबेल जडान गरिएको छ ।

सो ट्युबेलको निर्माणबाट सिरहामा एक हजार २० बिगाहा, सप्तरीमा एक हजार २० बिगाहा र उदयपुरमा २०० बिगाहा जमिन सिञ्चित भइरहेको कार्यालय प्रमुख चेतबहादुर गुरुङले जानकारी दिनुभयो । कार्यालयद्वारा भूमिगत सिँचाइ परियोजनाअन्तर्गत सिरहा, सप्तरी र उदयपुरको विभिन्न स्थानमा डिप ट्युबेल जडान एवम् निर्माणकार्य भइरहेको छ ।

त्यस्तै कार्यालयले गत आवमा भारतीय अनुदानमा रु एक करोड एक लाख ८१ हजारको लागतमा सप्तरीमा ८० स्यालो ट्युबेल तथा १० सिँचाइ इनार निर्माण गरेको छ । सो ट्युबेल तथा इनार सप्तरी, राजविराज, बौरीय, विष्णुपुरकटी र तैरोहतामा निमार्ण गरिएको बताइएको छ । रासस