२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाडी लिलामी भएन, करोडौंका गाडी कबाडीमा परिणत हुँदै

२०७७, १४ पुष मंगलवार ०९:१२

पुस १४, विरगञ्ज । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि लकडाउन हुँदा वीरगञ्ज भन्सार कार्यालयले लिलामी प्रक्रिया अगाडि नबढाउदा करोडौं मूल्य बराबरको सवारी साधन नष्ट हुँदै  गएको छ । अर्कोतिर लिलामीबाट आउने राजश्वसमेत गुम्ने अवस्थामा छ । 

आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म चोरीपैठारी निकासीमा प्रयोग भएका विभिन्न प्रकारका सवारी साधन प्रहरीले जफत गरी वीरगञ्ज भन्सार कार्यालमा बुझाउदा पनि हालसम्म सो सवारी साधन लिलाम हुनसकेका छैनन् । आर्थिक वर्षदेखि हालसम्म प्रहरीले मोटरसाइकल १०९, जीप, कार, भ्यान ५८, ट्रक, टिपर, पिकअप, ट्र्याक्टर तथा ढुवानी साधन ४९, तीनपाङ्गे्र सवारी साधन २४ गरी चार सय ४० थान सवारी साधन वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो । तर भन्सार कार्यालयले ती सवारी साधन लिलाम गर्न नसक्दा घाम, पानीमा नष्ट हुनथालेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

प्रहरीले विभिन्न मितिमा पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको भए पनि लामो समयसम्म रहेको लकडाउनका कारण ती सवारी साधनको मूल्याङ्कन हुन नसकेको स्वीकार्दैै भन्सार अधिकृत शैलेन्द्र अधिकारीले भने, “अब स्थिति सामान्य भएकोले ती सवारी साधनको मूल्याङ्कन प्रक्रिया अगाडि बढाउने छौं ।” 

कपडा गाडीलगायतका सामानबाहेक प्रहरीले पक्राउ गरी बुझाएको सवारी साधनको लिलामी प्रक्रिया नियमित रुपमा हुन नसकेको हो । विभिन्न समयमा जिल्लाको विभिन्न ठाउँबाट पक्राउ गरी भन्सारमा बुझाइएका गाडी तत्काल लिलाम नहँुदा ती गाडी जीर्ण हुँदै गएका छन् ।

अहिले तत्कालै लिलामी प्रक्रिया अघि नबढाए भन्सारमा रहेका सवारी साधन घामपानीमा सड्ने, गल्ने भई पाटपूर्जा विग्रिने गरेको सम्बन्धित निकायले बताएका छन् । ती सवारी साधन तस्करीमा प्रयोग भएको, कतिपय सवारी साधनको कागजात दुरुस्त नभएको तथा भारतबाट विभिन्न सामानको तस्करी गरिरहेको अवस्थामा प्रहरीले जफत गरी भन्सार कार्यालयमा बुझाएको हो ।

 यसैगरी भारत तथा तेस्रो मुलुकबाट झिकाइएको गाडीको जाँच पास नहुँदा त्यस्ता गाडीसमेत बिग्रिने गरेको व्यापारीले बताएका छन् । व्यापारीहरुले भारतबाट ८० प्रतिशत र तेस्रो मुलुकबाट २० प्रतिशत चारपाङ्ग्रे सवारी साधन ल्याउने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा