२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अन्नपूर्ण आधार शिविर जान पिसिआर रिपोर्ट नचाहिने

२०७७, ८ माघ बिहीबार ०८:४३

माघ ८, गण्डकी । अन्नपूर्ण आधार शिविरका पदमार्गमा जान अब पिसिआर रिपोर्ट आवश्यक नपर्ने भएको छ। पर्यटकका लागि पिसिआर रिपोर्ट अनिवार्य गरी यही माघ १ गतेदेखि विश्वको चर्चित उक्त पदमार्ग खुला गरिएको थियो। छोम्रोङ पर्यटन व्यवसायी समितिको बैठकले अबदेखि पदयात्रीका लागि पिसिआर रिपोर्ट नचाहिने निर्णय गरेको हो।

समितिका सचिव दिलीप गुरुङका अनुसार कोरोना संक्रमणको दर घट्दै गएको र जनजीवन सामान्य अवस्थामा फर्किँदै गरेको अवस्थालाई दृष्टिगत गरी पिसिआर रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको हो।

'हामीले केही समयअघि पाहुनाका लागि होटल खुला राखे पनि कोरोना रिपोर्ट बोकेर मात्रै आउनुपर्ने भनेका थियौँ,' उनले भने, 'अब कोरोना संक्रमण पनि घट्दै गएको र जनजीवन पनि सामान्य अवस्थामा फर्किएका कारण पिसिआर रिपोर्ट अलि झन्झटिलो महशुस गरी समितिले यस्तो निर्णय लिएको हो।'

आधार शिविर आउने पदयात्रीलाई स्वास्थ्य अवस्था मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाएर मात्रै आउन समितिले भनेको छ। पदमार्गअन्तर्गत देउरालीसम्म होटल पूर्णरूपमा खुलेको त्यहाँबाट माछापुच्छ्रे आधार शिविर दुई घण्टा र अन्नपूर्ण आधार शिविर थप आधा घण्टामा पुग्न सकिने उनले जानकारी दिए।

अहिलेका अवस्थामा अन्नपूर्ण आधार शिविरसम्म पुगी देउराली आएर बास बस्न सकिने सचिव गुरुङको भनाइ छ। यही हप्ताभित्रमा माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा पनि होटेल खुलाउने तयारी गरिएको समितिले जनाएको छ। आगामी फागुनबाट कामदारसमेत फर्किएपछि अन्नपूर्ण आधार शिविर पूर्णरूपमा खुल्ने र हालका लागि आधार शिविर पुगी देउरालीसम्म फर्केर बस्ने व्यवस्था मिलाइएको छ।

देउरालीबाट आधार शिविरसम्म जानका लागि स्थानीय पथप्रदर्शक व्यवस्थासमेत गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट