2026-09-13 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फेवा किनारमा रेलिङ नराख्न अधिकारकर्मीको माग

माघ २१, कास्की । पोखराको प्रसिद्ध फेवाताल किनारमा निजी कम्पनीले राख्न लागेको रेलिङका कामलाई तत्काललाई रोक्न सम्पदा अधिकारकर्मीले माग गरेका छन् । पोखराको बाराहीघाटदेखि पहारीघाटसम्म करीब २०० मिटर रेलिङ लगाउन पोखरा महानगरपालिका–६ ले स्लास प्लस प्रालिलाई अनुमति दिएसँगै अगाडि बढेको कार्यलाई रोक्न माग गरिएको हो । 

सूचनाको हकका लागि राष्ट्रिय वडा सञ्जालका पोखरा–६ का  अध्यक्ष अनिल थापा र राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालका अध्यक्ष विष्णुहरि अधिकारीले उक्त कार्य रोक्न पोखरा महानगर प्रमुख मानबहादुर जिसीलाई ध्यानाकर्षणपत्रसमेत बुझाउनु भएको थियो । प्रमुख जिसीले फेवातालको सौन्दर्य असर पार्ने कार्य महानगरबाट नहुने जनाउँदै वस्तुुस्थिति बुझेर कार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सम्पदा अधिकारकर्मी अधिकारीले  प्राकृतिक सम्पदामा पार्ने दीर्घकालीन असरलाई ध्यान नदिई व्यापारिक प्रयोजनका लागि रेलिङ लगाउन दिनु उपयुक्त नभएको बताउनुभयो । “फेवातालको जुन सुन्दरता छ, त्यसलाई प्राकृतिकरुपमा नै छोड्नुपर्छ, कृत्रिम कुरा धेरै हुन थाले, यसले प्राकृतिक सम्पदाको दोहन गर्छ र फेवातालको सुन्दरता गुम्छ”, उहाँले भन्नुभयो, “सिमसार क्षेत्रमा सूचीकृत एवम् पोखराको प्राकृतिक सम्पदाको गहना फेवाताल कुुरुप बनाउने कार्य तथा वातावरणमैत्री क्रियाकलापप्रति बेवास्ता गर्दै विज्ञापन प्रयोजनका निम्ति आर्थिक प्रलोभनमा यस्ता कार्य भएका छन् यसलाई रोक्नुपर्छ ।” 

अधिकारीले पोखरा महानगरले फेवाताल, पाताले छाँगो, सराङकोट भ्यू टावर, सेती खोँच जस्ता महत्वपूर्ण प्राकृतिक सम्पदालाई समेत ४० वर्षका लागि निजी क्षेत्रलाई भाडामा दिने तयारी गरेको उल्लेख गर्दै यसको पनि विरोध गरेको बताउनुभयो । “विज्ञ र सरोकारवालाको सुझावविना मनपरी तरिकाले भाडामा दिने कार्यले राम्रो नतिजा दिँदैन, त्यसैले पर्याप्त छलफल विना यस्ता कार्य गरिएमा यसको विरोध गरिनेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन