२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बन्दको विकल्प खोज्न पोखरा पर्यटन परिषद्को आग्रह

२०७७, २२ माघ बिहीबार ०७:१५

माघ २२, पोखरा । पर्यटन परिषद्ले कोभिड–१९ का कारण सङ्कटको अवस्था भोगिरहेको पर्यटन क्षेत्रमा फेरि बन्द हड्तालजस्ता गतिविधि नगर्न सम्बन्धीत सबैमा आग्रह गरेको छ । परिषद्ले कोभिड–१९ का कारण मुलुकले ठूलो आर्थिक क्षति भोगिरहेको वर्तमान अवस्थामा फेरी राजनीतिक अस्थिरता र बन्द हड्तालजस्ता गतिविधिले थप जोखिम पार्ने हुँदा आन्दोलनको विकल्प खोजेर व्यवसायी मैत्री वातावरण सिर्जना गर्ने राजनीतिक दललाई आग्रह गरिएको हो । 

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बन्द हडतालका कारण प्रत्येक क्षेत्रका उद्यमी व्यवसायी र विषेशगरी दैनिक ज्यालादारीमा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर परेको छ । त्यसैले बन्द हडताल चक्काजामलगायतका गतिविधि रोक्न परिषद् हार्दिक अपिल गर्दछ ।” 

विज्ञप्तिमा राजनीतिक दलहरुले देशको अर्थतन्त्र र सहज जीवनयापनमा भूमिका खेल्दै नागरिकमैत्री, व्यवसायीमैत्री वातावरण सिर्जना गरेर अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्नुपर्नेमा कोभिड–१९ को महामारीकाबीच विभिन्न खाले आन्दोलन, बन्द हडतालले सम्पूर्ण सर्वसाधारण एवं व्यवसायीलाई थप निराश बनाउँदै लगेको उल्लेख छ । 

कोभिड–१९ का बीच पनि चलायमान बन्दै गएको पर्यटन क्षेत्र बन्द हडताल र विभिन्न आन्दोलनले थप नकारात्मक सन्देश जाने भएकाले यस विषयमा राजनीतिक दललाई गम्भीर रुपमा सोच्नसमेत आग्रह गरिएको छ । 

यसैबीच परिषद्ले विदेशी पर्यटकलाई सात दिनबाट बढाएर १० दिन क्वारेन्टिनमा राख्ने नियमको पनि विरोध गरेको छ । पटकपटक हुने बन्द हडताल र अव्यवहारिक नीति नियमले खर्बौको लगानी गरेका व्यवसायीमा निराशा छाएको जनाउँदै परिषद्ले सहज र सरल वातावरणको लागि सरकारसँग आग्रह गरेको छ । 

मौद्रिक नीति कार्यान्वयनको माग 

ट्रेकिङ इकुपमेन्ट सप एशोसिएशन (टेसा) पोखराको बुधबार सम्पन्न २३औँ साधारणसभा तथा १३ औँं अधिवेशनले नारायण सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।अधिवेशनले आगामी दुई वर्षका लागि चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रमोद भण्डारी र रामजीप्रसाद अधिकारी, महासचिवमा टीकाबहादुर लम्साल, सचिवमा टीकारम लम्साल तथा कोषाध्यक्षमा महेन्द्र जिसी छन् ।

त्यसैगरी सदस्यमा रमेशराज अधिकारी, मिलन सापकोटा, केशवराज बाँस्तोला र बुद्धिबहादुर बस्नेत रहेको टेसा पोखराको निवर्तमान अध्यक्ष रामचन्द्र गिरीले जानकारी दिनुभयो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष सापकोटाले कोभिड– १९ का कारण पर्यटकीय गतिविधि ठप्प हुँदा ट्रेकिङ इकुपमेन्ट व्यवसायी थप समस्यामा रहेको बताउनुभयो । उहाँले व्यवसायीका हकहितका लागि विभिन्न पर्यटन सम्बद्ध सङ्घ संस्था सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यसअघि उद्घाटन समारोहमा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कोरोनाका कारण सङ्कटमा परेको उद्योग व्यवसाय पछिल्लो राजनीतिक घटना क्रमले यस क्षेत्रमा थप नाकारात्मक प्रभाव पार्ने बताउनुभयो ।  

आन्तरिक पर्यटन पुर्नःउत्थान समिति गण्डकी प्रदेशका संयोजक अग्नि कँडेलले कोभिड–१९ को अवस्थामा पर्यटनलाई चलायमान गराउन आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यसँगै प्रदेशका ११ वटै जिल्लामा समिति गठन गरी पर्यटन उत्पादनको प्याकेज सार्वजनिक गर्ने बताउनुभयो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले सरकारले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर सहज नीतिनियम बनाउनुपर्ने बताउनुभयो । उहाँले मौद्रिक नीतिको झण्झटिलो प्रक्रियाले व्यवसायीले सास्ती भोगेको उल्लेख गर्दै साना तथा मझौला व्यवसायीले पनि राहत पाउने गरी सरकारले मौद्रिक नीति कार्यान्वयन गर्नुपर्ने जोड गर्नुभयो । 

टेसा पोखराका अध्यक्ष रामचन्द्र गिरी संस्थाको गतिविधिसहित वर्तमान अवस्थामा व्यवसायीले भोग्नु परेका समस्याका बारेमा आफ्नो धारणा राख्नभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ