2026-08-26 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाँकेको बैजनाथमा दुई ठूला योजना कार्यान्वयनको चरणमा

फागुन ३, नेपालगञ्ज । प्रदेश नं ५ सरकारले प्राथमिकता दिएका दुई योजना कार्यान्वयनको चरणमा पुगेपछि बाँकेको बैजनाथ गाउँपालिकाका सर्वसाधारण हर्षित भएका छन् । केन्द्रसहित प्रदेश सरकारले बैजनाथमा रु छ अर्ब लगानीमा औद्योगिक क्षेत्र प्रस्ताव गरेको छ । निर्माणाधीन औद्योगिक क्षेत्रमा ३३८ बिघा क्षेत्रफल छ । औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा अधिग्रहण र डिपिआरको काम सकिएपछि अहिले वातावरण प्रभाव मूल्याङ्कनको काम र कस्ताखाले उद्योग आवश्यक पर्ने सम्बन्धमा समेत सर्वेक्षण भइरहेको छ । 

भौतिक संरचना निर्माणका लागि नक्साङ्कनदेखि अन्य प्राविधिक पक्षका लागि कन्सल्टेन्टलाई जिम्मेवारीसमेत दिइसकिएको छ । नौवस्ता औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहने यस क्षेत्रका उद्योगीसँग नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयले आशयपत्र माग गरेकामा अहिलेसम्म २०० भन्दा बढी आशयपत्र प्राप्त भइसकेको छ । 

नेपाल सरकारको योजनाअनुसार औद्योगिक क्षेत्रमा प्रत्यक्ष रोजगारको अवस्था सिर्जना हुने करिब २०० ठूला र मझौला उद्योग स्थापना गरिने नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताउनुभयो  ।  उहाँका अनुसार सो औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहने उद्योगीका लागि कम्तीमा पाँचदेखि १० वर्षसम्म आयकर छुट सुविधा दिने, कम्तीमा पाँच वर्ष लिजलेन्ट लिन नहुने र बैंकिङ सुविधा दिनुपर्ने सुझाव सरकारलाई दिइएको छ ।  

अहिले नेपालगञ्ज बजारको मध्यभागमा सञ्चालनमा रहेको ‘नेपालगञ्ज औद्योगिक क्षेत्र’ले प्रतिकूल वातावरणीय प्रभाव परेका कारण पनि शहरबाहिर औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको हो । नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेको उद्योगबाट निस्कने धँुवा र मेशिनको चर्को आवाजका कारण औद्योगिक क्षेत्र सार्नुपर्ने माग वर्षौंदेखि उठ्दै आएको थियो । 

बाँकेको नौवस्तामा ठूलो क्षमताको औद्योगिक क्षेत्र स्थापना भएपछि पनि नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योग आवश्यकताअनुसार त्यहाँ स्थानान्तरण गर्न सकिने प्रमुख पुन बताउनुहुन्छ । नौवस्तामा औद्योगिक क्षेत्र स्थापना भयो भने यसले प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने र वस्तु उत्पादनमा मुलुक केही हदसम्म आत्मनिर्भर पनि हुने विश्वास गरिएको छ । 

त्यसैगरी प्रदेश सरकारकै अर्को महत्वपूर्ण योजना मानसरोवर पार्कको निर्माण पनि बैजनाथ गाउँपालिकामा शुरु भएको छ । चीनको तिब्बतमा रहेको हिन्दूहरुको आस्थाको केन्द्र तीर्थस्थल मानसरोवरको प्रतीकसहित गाउँपालिकाको वडा नं ६ मा बोटानिकल गार्डेनसहित मानसरोवर पार्क निर्माण हुन लागेको हो । विकासका दृष्टिले पछि परेको गाउँपालिकामा ठूला योजना शुरु भएपछि स्थानीयवासी खुशी भएको गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले बताउनुभयो । 

न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहको जङ्गल हाताभित्र निर्माण गरिने मानसरोवर पार्कको केही दिनअघि शिलान्यास गर्दै मुख्यमन्त्री शङ्कर पोखरेलले पार्क प्रदेश सरकारको प्राथमिकताको योजनाभित्र परेको बताउनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग