२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाँकेका चार पर्यटनस्थल आयोजनाका लागि छनोट

४ फाल्गुन २०७७, मंगलवार ०८:२८

फागुन ४, बाँके । पर्यटन पूर्वाधार तथा पर्यटकीय सम्पदाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देशभरबाट २०० गन्तव्यस्थल छानिएकामध्ये बर्दियाबाट चार स्थल छनोट भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना र आयोजना छनोट गरेको हो ।  

बर्दियाबाट छनोट भएका चार आयोजनामा बढैयाताल गाउँपालिका–५ मा रहेको बढैयातालको पूर्वाधार विकास, गेरुवा गाउँपालिकाको शहीद स्मृतिपार्क, ठाकुरबाबाको बलाती जैविक मार्ग पार्क र राजापुरको कोठीयाघाट वनभोज स्थल रहेका छन् । बढैयातालको पूर्वाधार विकास निमार्णका लागि अनुमानित लागत रु पाँच करोड रहेको छ । निमार्णका लागि मन्त्रालयले रु तीन करोड ५० लाख सहयोग गर्नेछ भने बढैयाताल गाउँपालिकाको रु एक करोड ५० लाख लगानी रहेको छ । 

शहीद स्मृतिपार्क निमार्णका लागि पनि अनुमानित लागत रु पाँच करोडमध्ये मन्त्रालयले रु तीन करोड ५० लाख र गेरुवा गाउँपालिकाको रु एक करोड ५० लाख लगानी रहने छ । यस्तै ठाकुरबाबाको बलाती जैविक पार्क निमार्णका लागि अनुमानित लागत रु सात करोड रहेकामा मन्त्रालयले रु चार करोड ५५ लाख र ठाकुरबाबा नगरपालिकाको रु दुई करोड ४५ लाख लगानी रहने छ । 

राजापुरको कोठीयाघाट वनभोज स्थल निर्माणका लागि अनुमानित लागत रु छ करोड ८९ लाख रहेको छ । यसको निमार्णका लागि मन्त्रालयले रु चार करोड ४८ लाख सहयोग गर्नेछ भने राजापुरको नगरपालिकाको रु दुई करोड ४८ लाख लगानी रहेको छ । 

मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना र आयोजना  छनोट भएका छन् । मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा ७१३ वटा प्रस्ताव परेकामध्ये देशभरबाट २०० गन्तव्य छनोट भएका छन् ।

सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, वनभोज स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक तथा पदमार्ग, व्यापारिक मल, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलागयत रहेका छन् । 

सामुदायिक सुरक्षा साइरन जडान 

समुदायमा हुने विभिन्न आपराधिक घटनामा कमी ल्याई शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिका–१८ बुद्धनगर टोलमा सामुदायिक सुरक्षा साइरन तथा सिसिटिभी जडान गरिएको छ । बुद्धनगर टोल सुधार समितिमा आवद्ध ३५ वटा घरबाट रु दुई हजारका दरले रकम सङ्कलन गरी जडान गरिएको कम्युनिटी सेक्युरिटी साइरन एण्ड सिसिटिभीको हालै उद्घाटन गरिएको छ । यो प्रविधिको प्रयोगले टोल समुदायमा हुने चोरी, डकैती, लुटपाट, लागुऔषधलगायत अन्य अपराध नियन्त्रणमा सघाउ पुग्ने विश्वास नेपालगञ्ज उपमहानगरकी उपप्रमुख उमा थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाँग र प्रहरी प्रमुख ओमजङ्ग राणाले व्यक्त गर्नुभयो । 

टोलमा कुनै पनि समस्या आइपरेमा मोबाइलबाटै दिइएको कोड थिचेर टोलवासीले आफैँ साइरन बजाउन सक्नेछन् । साइरनको आवाज सुनेपछि र मोबाइलमा म्यासेज हेरेर सम्बन्धित व्यक्तिको घरमा पुगी समस्या समाधान गर्ने विश्वास टोल सुधार समितिका अध्यक्ष राजेश केशर खनालको छ । प्रविधिको प्रयोगले अपराध नियन्त्रणमा सहज हुने भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी यो अभियानलाई बढावा दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशमा हामीले कति विकास गरेकाछौ भनेर आफ्ना अग्रज र अभिभावकहरूसँग ज्ञान लिन सकिन्छ : उपप्रधानमन्त्री सिंह भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ कांग्रेसको अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक अब टिभीमै कम्प्युटर चलाउने सुविधा,इन्टरनेट कनेक्शन र सेट-टप बक्स भए पुग्छ शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना क्रिकेटर लामिछानेको सम्मानमा रङ्गशाला बन्दै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा बाख्रापालनमा जमेका चन्द दम्पती सूचना आयोगका पूर्वअध्यक्ष बास्कोटालाई पितृ शोक सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् – महामन्त्री शर्मा विद्यालयको शौचालयको भित्तामा र भुइँमा रगतका दाग भेटिएपछि,१ सय २५ छात्रालाई कपडा खोल्न लगाइयो भारतले नेपालका ३ युवा क्रिकेटलाई एक महिने प्रशिक्षण दिँदै