नरी बडु | साउन २४, बैतडी | जिल्लाको जुलाघाटमा रहेको माहाकाली भन्सार कार्यालयले गएको आर्थिक वर्ष ०७२/७३ मा लक्षको भन्दा तेब्बर बढी राजश्व संकलन गरेको छ ।

कार्यालयले गएको आर्थिक वर्षमा १ करोड ४४ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | साउन २४, बैतडी | जिल्लाको जुलाघाटमा रहेको माहाकाली भन्सार कार्यालयले गएको आर्थिक वर्ष ०७२/७३ मा लक्षको भन्दा तेब्बर बढी राजश्व संकलन गरेको छ ।

कार्यालयले गएको आर्थिक वर्षमा १ करोड ४४ "/>

2026-09-19 03:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लक्षको भन्दा तेब्बर बढी राजश्व संकलन

नरी बडु | साउन २४, बैतडी | जिल्लाको जुलाघाटमा रहेको माहाकाली भन्सार कार्यालयले गएको आर्थिक वर्ष ०७२/७३ मा लक्षको भन्दा तेब्बर बढी राजश्व संकलन गरेको छ ।

कार्यालयले गएको आर्थिक वर्षमा १ करोड ४४ लाख २५ हजार ७ सय ४६ रुपयाँ राजश्व संकलन गरेको हो । जुन लक्षको  तुलनामा १ सय ६४ प्रतिशतले बढी हुन आउछ । कार्यालयले गएको आर्थिक वर्ष ०७२/७३ मा ८७ लाख ५३ हजार बराबरको राजश्व संकलन गर्ने लक्ष राखेको थियो । तर लक्षको भन्दा तिन गुना भन्दा बढी राजश्व संकलन भएको माहाकाली भन्सार कार्यालयका प्रमुख डिल्लीराम सुवेदीले बताए । 

गएको आर्थिक वर्षमा सबैभन्दा बढी राजश्व फागुन महिनामा (१६ लाख ४६ हजार ६ सय ४९) उठेको थियो भने सबैभन्दा कम असारमा (८ लाख ७१ हजार) उठेको थियो ।

सुवेदीका अनुसार गएको वर्ष भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशका अन्य नाकाहरुबाट समान ढुवानी कम भएका कारण माहाकाली भन्सार कार्यालयले बढी राजश्व उठाएको हो । बैतडीको जुलाघाट नाका भने अघोषित नाकाबन्दीको समयमा पनि खुल्ला नै रहेको थियो । 

उक्त नाकाबाट आयातित समान बैतडी, डडेल्धुरा, बझाङ, दार्चुलाका ग्रामिण भेग लगायतका ठाँउमा पुग्ने गर्दछ । बैतडीको मुख्य प्यापारीक केन्द्र भारतको झुलाघाटलाई मानिन्छ । 

कुनै समय खुबै भिडभाड हुने उक्त व्यापारीक केन्द्रमा पछिल्ला वर्षहरुमा भने चहलपहल कम हुने गरेको छ । जिल्लाका विभिन्न भेगहरुमा ग्रामिण सडकको पुहुँच विस्तार भएपछि भारतको झुलाघाट नाकामा चहलपहल कम भएको हो । 

उक्त नाकाबाट बढीजसो सिमेन्ट, कपडा, गुड, चिनी र प्लास्टीक चप्पलहरु आयात हुने भन्सार कार्यालयले जनाएको छ ।  

क्याप्सन १: नेपालको जुलाघाट र भारतको झुलाघाट जोड्ने जुलाघाट नाका 

क्याप्सन २: बैतडीको जुलाघाटमा रहेको माहाकाली भन्सार बाट बैतडी सदरमुकाम आउने जुलाघाट रोडमा समान ढुवानी गर्दै स्थानीय भरीयाहरु

तस्बिर: नरी बडु/साझासवाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई