मोहन चन्द | साउन २५, बैतडी | सडकको द्रुत विकास संगै बैतडीमा पनी गत आर्थिक वर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहन चन्द | साउन २५, बैतडी | सडकको द्रुत विकास संगै बैतडीमा पनी गत आर्थिक वर्"/>
२०८३, १३ जेष्ठ बुधबार
अर्थ/विकास

सामुदायिक वनको लगानीमा स्थानिय सडक निर्माण

२०७३, २५ श्रावण मंगलवार १०:३३

मोहन चन्द | साउन २५, बैतडी | सडकको द्रुत विकास संगै बैतडीमा पनी गत आर्थिक वर्ष भित्र मुख्य र शाखा सडकहरुको निर्माण कार्य द्रुत गतीमा भएको पाईएको छ । द्रुत निर्माण कार्यमा जिविस, मन्त्रालय र स्थानियको निजी लगानीमा सडक निर्माण भएको जिविस बैतडीकाले जानकारी दिनु भएको छ ।

जिल्लामा भईराखेको सडक विस्तारको द्रुत गती संगै तल्लो स्वराडको विकट गाविस शर्माली मा सामुदायिक वनले आफ्नो निजी लगानीमा ११ किलोमिटर सडकको निर्माण कार्य शुरु गरेको छ । 

आर्थिक वर्षको शुरुवातसंगै सुल्लेखान शर्माली साखा सडक खण्डको सामुदाएक वनको लगानीमा ट्रयाक खन्ने काम द्रुत गतीमा भैरहेको नागार्जुन उमावि  शर्माली का प्राचार्य माहमल साउदले बताएका छन् ।

 शर्माली गाविसमा रहेको अमरगडी सामुदायिक वनको निजी लगानीमा पाटन पञ्चेश्वर मुख्य सडक खण्डको सुल्यखान बाट छुटयार अमरगडी सामुदायिक वन सम्मको जम्मा ३५ लाख ७५ हजारको लागत लाग्ने निर्माण समिती एवम सामुदायिक वनका अध्यक्ष भरत मडैले महाकाली खवर लाई जानकारी दिएका छन् ।

अध्यक्ष मडैका अनुसार यती ठुलो रकम वनले खोटो बेचेर अमदानी गरेको बताए । मडै भन्नुहुन्छ आज सम्म सडकको समस्याले गर्दा खोटो तेती विक्री नहुने गर्दथ्यो अव विक्री हुन्छ र अगाडीको भन्दा अव वनले वढी आय संकलन गर्छ । यो शाखा सडकले महाकाली गाविस, उदैदेव र शर्माली गाविसका जन्ता लाई प्रत्यक्ष लाभ हुने छ ।

सडकको निर्माण कार्य शुरु भए देखी स्थानिय आफ्नै घर आगन वाट मोटर चढेर तराई र सदरमुकाम जान पाउने भएको भन्दै महाकाली गाविस वाड नं. ९ का ईश्वर कलौनीले खुसी व्यक्त गरे ।

 जिल्ला को अन्तीम छेउ जाहा भारतको सिमाना सुरु हन्छ त्यो ठाउँ हो सर्माली र महाकाली गाविस आज समय परिवर्तन संगै त्यो ठाउमा मोटर गुडने सडक बन्दा स्थानिय कल्पना नगरेको सपना पुराभएको र आयस्तर वृद्धी हुनाका साथै सुविधा भएको भनी खुसी भएका छन् ।

यो संगै शर्माली गाविसको व्यापार प्रवद्धन, धार्मिक र प्रयटकिय स्थल ( अमरगडी किल्ला) को प्रचार प्रशार हुनाको साथै गाविसको आन्तिरिक आयमा पनी बृद्धी हुने शर्माली भल्याका स्थानिय समाजसेवी मदन साउदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली